राष्ट्रपतिकाे आजकाे बसाई अस्पतालमै हुने, स्वास्थ्य परिक्षणकाे रिपोर्ट सामान्य


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आजकाे रात शिक्षण अस्पतालमा बिताउने भएकी छन् । चार दिनदेखि ज्वराेले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् ।

राेग पत्ता लगाउन गरिएको नमुना परिक्षणमा खासै समस्या नदेखिए पनि ज्वराे कम  नभएकाले उनलाई चिकित्सकले आजकाे रात अस्पतालमा राख्ने भएका हुन् । अस्पतालले बताए अनुसार २४ घण्टाकाे निगरानी पछि आइतबार डिस्चार्ज दिईनेछ । राष्ट्रपति भण्डारीलाई फिजिसियन निरज बमकाे टिमले उपचार सुरु गरेका छन् ।

ज्वराेकाे मात्रा १०३ डिग्री भएकाले चिकित्सकहरुले डेंगु संक्रमण भएकाे अनुमान गरेका छन् । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएकाे छ ।  भण्डारीलाई शिक्षण अस्पतालकाे एनएक्स २ वाडकाे  ६०१ नम्बर बेडमा राखेर उपचार गरीएकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ