कांग्रेसको घोषणापत्र भएको स्वास्थ्यबारे पनि बाम गठबन्धन कै ताल


काठमाडौं । नेपाली कांग्रेसले गत २०७४ को प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख गरिएको स्वास्थ्यबारे खासै काम भएको देखिँदैन । कांग्रेसको घोषणापत्र पनि स्वास्थ्यबारे बाम गठबन्धन कै  ताल रहेको पाइन्छ ।

साढे ३ वर्ष बाम गठबन्धनले सरकारको नेतृत्व गरिसरेपछि सरकार हाँकेको कांग्रेसले छोटो समय मात्रै स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न पायो । कांग्रेसबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका उमेश श्रेष्ठले नीतिगत काम गर्न खोज्दा खोज्दै उनलाई हटाएर नेकपा एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय सुम्पिने काम भयो । सरकारको नेतृत्व कांग्रेसले गरेको भएपनि बाम गठबन्धनको घोषणापत्रबाट चुनाव लडेका विरोध खतिवडा र भवानीप्रसाद खापुङ क्रमशः स्वास्थ्यमन्त्री बने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालय लाई प्राथमिकतामा राखेकाले पनि कांग्रेसले घोषणापत्रमा समावेश गरेका स्वास्थ्य सम्बन्धी कुराहरू समेट्न सकेन । यो हिसाबले कांग्रेसको चुनावी घोषणापत्रमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धी एजेण्डा पनि तत्कालीन बामपन्थी गठबन्धनको जस्तै अलपत्र पर्‍यो ।

हेनुहोस् कांग्रेसको स्वास्थ्यसम्बन्धी प्रतिबद्धता

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ