टिकट पाउने पुर्व स्वास्थ्यमन्त्री कस्ता
गगन थापाले स्वास्थ्य सुधारको आशा जगाए तर कुनै काम संस्थागत गरेनन्
काठमाडौं । ०७४ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापा थिए । उनले ९ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका थिए । कार्यकाल भर गगन थापा विवादमा परेनन् तर, उनले सम्झनलायक काम पनि गरेनन् ।
गगन थापा प्रतिको आशा र भरोसाले उनका कुनै पनि काममा कहीबाट प्रश्न उठेनन् । प्रश्न उठाउँदा पनि नागरिकले विश्वास गरेनन् । अझै पनि उनी माथि उठेका प्रश्नमा सहजै स्वीकार गर्ने पक्षमा नागरिक छैनन् किनकी गगन आशाका केन्द्र हुन् ।
गगन थापा भन्दा अगाडी पनि दशौं जना स्वास्थ्यमन्त्री भइसकेका थिए । कुनैले पनि सम्झनलायक काम गरेनन् । गगन स्वास्थ्यमन्त्री भएपछि उनले जम्बो टोली सचिवालयमा राखे । जुन अघिल्ला मन्त्रीहरुको भन्दा भिन्न थियो । संचार हेर्न मात्रै दुई जना वपत्रकार राखिएको थियो ।
तत्कालीन स्वास्थ्यमन्त्री गगन कुमार थापालाई नजिकबाट चिन्ने तत्कालीन प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ भन्छन्, गगन थापा जस्तो भिजन भएको स्वास्थ्य मन्त्री थिएन तर, उनले गरेका कुनै पनि काम सस्थागत भएन । मन्त्रालयको काम सस्थागत मन्त्रीले गर्न नसक्नु भनेको मन्त्रीको पूर्ण असफलता हो ।
गगन थापाको पालामा दर्जनौं ऐन, नियम, कानुन, निर्देशिकाहरु बनेका छन् । उनले कानुन हेर्न छुट्टै वकिल राखेका थिए । भएकै निर्देशिकाहरु करोडौं लगाएर तयार पारियो तर, अहिले उनले बनाएका ऐन, नियम, कानुन, निर्देशिकाहरु स्वास्थ्य मन्त्रालयसँग छैन । आफु हुन जेल गरेका काम मन्त्री छाडेर जाँदा सबै लगेका छन् अधिकारीहरु भन्छन् ।
कांग्रेस महामन्त्री समेत रहेका थापाले हाल प्रतिनिधि सभाको टिकट पाएका छन् । उनी स्वास्थ्य मन्त्री हुदा आफ्नो उपलब्धी ठानेका केही महत्वपूर्ण बुदाहरुको स्वास्थ्य लाइभले भ्रम र यथार्थ पत्ता लगाउने जमर्को गरेको छ ।
स्वास्थ्यमन्त्री हुदा गगन थापाले गरेको भनिएका कामको भ्रम र यथार्थ
दाबी
डायलाईसिस सेवा पुरै निःशुल्क भएको घोषणा गरिएको ।
यथार्थः याे निर्णय प्रचण्ड नेतृत्वको सरकार गएपछि केपी ओलीको पालामा भएको हो ।
दाबी
मृगौला प्रत्यारोपण पुरै निःशुल्क ।
यथार्थ : गगन थापको पालमा सुरु गरेको हो ।
दाबी
मृगौलाको प्रारम्भीक परिक्षणका लागि डिपिस्टीक किट पठाइएको ।
यथार्थ : तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सुरु गरेका हुन् । उनले प्रारम्भीक परिक्षणले धेरै बचाउन सकिन्छ भनेर सुरु गरेका हुन । तर, यसको बिस्तार गगनले गरे ।
दाबी
बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको ।
यथार्थः अहिले पनि निःशुल्क भएको छैन ।
दाबी
विशिष्टलाई १५ लाख रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्था
यथार्थः गगनले सुरु गरेको हो ।
दाबी
कान्ति बाल अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था ।
यथार्थः गगनले गरेका हुन् ।
दाबी
सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला ।
यथार्थः सेवाको नाममा ठुलो रकम दिए तर, सेनाले लागु गरेन ।
दाबी
हरेक सरकारी अस्पताल विहान ९ देखि ३ बजे सम्म अनिवार्य संचालन गर्नैपर्ने
यथार्थ : ३ देखि ५ सम्म पेईङ सेवा कार्यबिधि खगराज अधिकारी मन्त्री हुदा ल्याइएको हाे ।
दाबी
सवै स्वास्थ्य चौकीहरु चार बजेसम्म चलाउन निर्देशन ।
यथार्थः गगनले गरेका हुन् ।
दाबी
प्राथमिक स्वास्थ्य केन्द्रहरुमा उपकरण, औषधी र चिकित्सक पुगेको अवस्था ।
यथार्थः संघिय सरकारले गर्दा पुगेको हो । अहिले पुगेको छैन । औषधि कयौं गुणा सम्म महंगो छ ।
दाबी
झण्डै ७ सय चिकित्सक नियुक्त गरिएको ।
यथार्थः केही प्रक्रिया सुरु भएको हो ।
दाबी
५०० स्वास्थ्य चौकीमा नसर्ने रोगको परिक्षण सुरु ।
यथार्थः गगनले सुरु गरेको हो । दिसा पिसाब जाँच गर्ने भनेको थियो । त्यसका लागि आवश्यक सामान पठाइयो तर, हिसाब संचालन भए नभएको हिसाब गरिएन ।
दाबी
७५ जिल्लामा निशुल्क भि भिआइए स्क्रिनिङ्ग ।
यथार्थः गगन थापा स्वास्थ्यमन्त्री हुनुभन्दा पहिलो योजनामा थियो । बिस्तार गर्न भने गगनले खोजेका हुन् तर कार्यान्वयन भएन ।
दाबी
आत्मनिर्भर भएका औषधीहरु विदेशबाट ल्याउन नपाईने ।
यथार्थः कानुन बनाए तर, कार्यान्वयन गरेनन् । उनले बनाएका सबै नियम कानुन सँगै लिएर गए ।
दाबी
विदेशबाट ल्याउनै पर्ने महंगा औषधी सरकारी निकायबाटै किनेर बेच्ने ।
यथार्थः उनले गरेको निर्णय मन्त्री फिर्ता हुँदा सँगै लिएर गए कार्यान्वयन भएन ।
दाबी
५० वढि अस्पतालमा फार्मेसीको स्थापना र संचालन ।
यथार्थः तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको समयमा भएको हो ।
दाबी
सवै सरकारी अस्पतालमा बहिरंग सेवा १० देखि ५ बजे सम्म संचालन सुरु, ९ देखि ५ विस्तारित सेवा
यथार्थ ः निर्णय गरे तर, सँगै लिएर गए मन्त्रालयमा छाडेनन् ।
दाबी
जिल्लास्तरबाट पनि औषधी खरिदको व्यवस्था गरिएको ।
यथार्थ : गगन थापा भन्दा धेरै अगाडी निर्णय भएको हो । यो निर्णय गिरिराजमणीले सुरु गराएका हुन् ।
दाबी
फार्मेसी संचालनका लागि केन्द्रीयमा ३० लाख, क्षेत्रीयमा २५ लाख, उपक्षेत्रीयमा २० लाख, अंचलमा १५ लाख विउ पूजी पठाइएको ।
यथार्थ : तत्बालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको अभियान हो । निरन्तरता भने गगनले दिएका हुन् ।
दाबी
मुटु र क्यान्सरको उपचार सेवा विस्तार ।
यथार्थः यो विगत देखिकै स्वास्थ्यमन्त्रीले गर्दै आएका हुन् ।
दाबी
विना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द गरियो ।
यथार्थः गगन थापा स्वास्थ्यमन्त्री हुदा गरेका काम मध्ये सबैभन्दा व्यवस्थित काम हो । उनैले सुधार गरे ।
दाबी
विपन्न नागरिक उपचार सहायता कडा रोग ८ बाट १२ पुर्याइयो ।
यथार्थः यस विषयमा कुनै काम भएको छैन । अहिले पनि विगतकै मन्त्रीले गरेका ८ रोग मात्रै हो ।
दाबी
लाईन व्यवस्थापनका लागि केन्द्रीय अस्पतालहरुमा कुपन प्रणाली लागु भएको ।
यथार्थः लागु भएको छैन । अहिले पनि घण्टौं लाइन बसेर टिकल काट्नु परेको छ ।
दाबी
काठमाडौमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना ।
यथार्थः काठमाडौंका ११ स्थानमा गगनले सुरु गरेको हो । तर, उक्त निर्णय उनि हटेर जाँदा उनीसँगै गयो ।
दाबी
नेपालगञ्जमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय ।
यथार्थः गगन थापाले सुशील कोईराला नाम दिए तर, अस्पताल खोल्ने निर्णय उनको पालामा हैन, पहिल्यै थियो ।
दाबी
सुर्तिजन्य पदार्थ जथाभावि बेच्न रोग लगाइयो ।
यथार्थः यसको कुनै काम भएको छैन । अहिले पनि ठुला अस्पताल अगाडी र सार्वजनिक स्थानमा खुलेआम बिक्रिबितरण भइरको छ ।
दाबी
हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाई
यथार्थः कुरा भयो काम कहिल्यै भएन ।
दाबी
विद्यालयमा सामुदायिक नर्सको अवधारणा ।
यथार्थः विद्यालयमा सामुदायिक नर्सको अवधारणा गगन थापा स्वास्थ्यमन्त्री हुनुभन्दा अगाडीनै डडेल्धुरामा पाइलटप्रजेक्टका रुपमा संचालन भएको थियो ।
बनेका निर्देशिकाहरु
दाबी
खोप निर्देशिका लागू
एम्बुलेन्स निर्देशिका लागू
प्रयोगशाला निर्देशिका लागू
मदिरा नियन्त्रण तथा नियमन नीति लागू
मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागू
नियुक्ति तथा मनोनय संवन्धी मापदण्ड लागू
स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागू
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा संवन्धी कार्यविधि लागू
बैदेशिक तालिम र भ्रमण संवन्धी मापदण्ड लागू
मदिरा ऐन लागू
आयुर्बेद नीति लागू
मेडिकल काउन्सील ऐन लागू
आचर संहिता लागू
गुणस्तर सुनिश्चितता संवन्धी ऐन लागू
मानसिक स्वास्थ्य निति लागू
यथार्थ
हरेक मन्त्रीले आफ्नो कार्यकालमा निर्देशिकाहरु बनाउँने गरेका छन् । बनिसकेका निदेशिकाहरु पनि दातृ निकायको बजेट खर्च गराउँन बनाउने गरिन्छ तर, केही शब्द बाहेक हेरफेर हुदैन । गगन थापाका पालामा जतिको निर्देशिका अन्य मन्त्रीको समयमा बनेका छैनन् । तर, उनका कुनै पनि काम स्वास्थ्यमन्त्रालय भि त्र सस्थागत छैनन् । त्यसैले गगन थापाले ९ महिनामा गरेका अपबाद बाहेकका कुनै काम रेकडमा छैनन् ।
तपाईको प्रतिक्रिया दिनुहोस