यी हुन् चुनावी मैदानमा उत्रिएका चिकित्सक
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन चिकित्सा क्षेत्रबाट समेत धेरै उम्मेदवारी परेको छ । दुई दर्जनबढी चिकित्सकहरु प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका हुन् ।
यसपटकको निर्वाचनमा ठूला दलदेखि स्वतन्त्र हैसियतमा डाक्टरहरु चुनाव उठेका छन् । कोही डाक्टर संसदमा पुगेर स्वास्थ्य क्षेत्र सुधार गर्न कोही डाक्टर स्वास्थ्यमन्त्री बन्ने भन्दै चुनावमा भाग लिएका हुन् ।
कांग्रेसबाट टिकट लिएर नवलपुर-बाट प्रतिनिधिसभा उम्मेदवार बनेका डा. शशांक कोइरालाले आफू प्रधानमन्त्री कै उम्मेदवार रहेको घाषणा गरेका छन् । मोरङ-६ बाट उठेका डा. शेखर कोइराला पनि प्रधानमन्त्री हुने लाइनमा देखिन्छन् । मोरङ-३ बाट चुनाव उठेका डा. सुनिल शर्मा जितेर स्वास्थ्यमन्त्री खाने दाउमा छन् ।
स्याङजा २ (ख)बाट चुनाव लडेका डा. बुद्धिमान श्रेष्ठ पनि चुनाव जितेर गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने गरी प्रदेशतिर लागेका छन् । प्रसिद्ध छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्न कुमार झाले जनमत पार्टीबाट धनुषाको ३ को “क” बाट उम्मेदवारी दर्ता गराएका छन् ।
डा. निकोलस भुषाल रुपन्देही-२, डा. सुदिन शाक्य ललितपुर-२, डा. भोजराज अधिकारी चितवन-३, डा. फरेन्द्र साह, सुनसरी-२, डा . रामप्रसाद उप्रेती काठमाडौं-५, डा. अर्चन शम्शेर राणा काठमाडौं-४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभामा डा. रक्षा न्यौपाने बारा-२, डा . नवीन मण्डल सप्तरी-३, डा. राजेन्द्र प्रसाद साह रौतहट-१, डा. तोषिमा कार्की ललितपुर-३, डा. सचिन घिमिरे ललितपुर-१, डा. रित्तोद आलम रौतहट-२, डा. मधु गुप्ता पर्सा-३, डा. प्रविण यादव सिराह-३, डा. सुरेन्द्र यादव उम्मेदवार बनेका छन् । यीसहितका डाक्टरहरु चुनावी मैदानमा उत्रिएका हुन् ।
क्याटेगोरी : मेडिकल शिक्षा
तपाईको प्रतिक्रिया दिनुहोस