राष्ट्रपतिलाई काेराेना संक्रमण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई काेराेना संक्रमण भएकाे छ । अस्पतालका सुचना अधिकारी राम बिक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई काेराेना संक्रमण पुष्टि भएको हाे ।
डेंगुसँग मिल्ने लक्षण देखीए पनि रिपोर्ट पाेजेटिभ नभएपछि चिकित्सकले काेराेना जाँच गराएका थिए । भण्डारी ज्वराे आएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिइन् ।
सुचना अधिकारीले बताए अनुसार स्वास्थ्यमा सुधार आएकाले भाेलिसम्म डिस्चार्ज गर्न सकिने छ । राष्ट्रपति भण्डारीलाई फिजिसियन निरज बमकाे टिमले उपचार सुरु गरेका छन् । भण्डारीलाई शिक्षण अस्पतालकाे एनएक्स २ वाडकाे ६०१ नम्बर बेडमा राखेर उपचार गरीएकाे छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस