जाडो सुरु हुँदा पनि डेंगुको प्रकोप उस्तै


काठमाडौं । जाडो सुरु भएपछि डेंगुको प्रकोप नियन्त्रण हुने विज्ञहरूले तर्क दिँदै आएका छन् । तर, अहिले राजधानी काठमाडौंका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल को अवस्था हेर्दा जाडोले डेंगु प्रकोप घटेको देखिँदैन ।

सरकार र राजनीतिक दलहरु चुनावमा केन्द्रित हुँदा डेंगु नियन्त्रणमा कुनै काम भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेन ।

नेपालमा यस वर्ष डेंगुका कारण झन्डै ३९ हजार संक्रमित भएका छन् । सरकारले डेंगु नियन्त्रणमा प्रभावकारी कार्यक्रम सञ्चालन नगर्दा ४५ जनाको डेंगुका कारण ज्यान गोइसकेको छ ।

काठमाडौंमा डेंगु संक्रमण हुनेको संख्या उच्च छ । डेंगुले गर्दा यसपटकको दसैँमा काठमाडौंमा खासै रौनकता देखिएको छैन । जनता डेंगु संक्रमित हुँदा कुनै चासो नदिने जनप्रतिनिधिहरू फेरि जनतामाझ भोट माग्न जाँदै छन् । यसपटक जनताले डेंगुमा खेलेको भूमिकाबारेमा सवाल गर्ने हो भने जनप्रतिनिधिले दिने जवाफ पनि देखिँदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ