शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक विदा


काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालय आज एक सूचना जारी गर्दै भोलि सार्वजनिक विदाको घोषणा गरेको हो ।

‘संस्कृतिविद् एवं शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कुटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय भण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’, गृह मन्त्रालयको सूचनामा उल्लेख छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ