"मेराे बिएण्डसी, मेराे जीवन साथि" सुरु

जीवनकाे अन्तिम घडीमा बिएण्डसी पुग्ने बीमित अब सुरुवातमै, ५० हजारले गराए बिएण्डसी बीमा


काठमाडौं । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएकाे थियाे । तर, अहिले बीमा कार्यक्रम मृत्यु शैय्यामा पुगेकाे छ ।

मृत्यु शैय्यामा पुगेकाे बीमा कार्यक्रमलाई पुनर्जीवन दिन झापाकाे बिएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल उद्दत भएकाे छ । सरकारले सुरु गरेकाे बीमा कार्यक्रम निजिमा बन्द गरेपछि नागरिक समस्यामा परेका छन् । नागरिकले प्रत्येक वर्ष प्रिमियम तिरेका छन् तर, सेवा पाएका छैनन्  ।

सरकारी बीमाबाट आजित भएका नागरिक बिएण्डसी मेडिकल कलेज शिक्षण अस्पतालले सुरुगरेकाे छुट्टै बीमामा जाेडिएका छन् । सेवा नपाएपछि स्वास्थ्य बीमा बार्डलाई उनिहरुले सदाका लागि बिट मारेका छन् । याे सँगै  बिएण्डसी अस्पतालकाे मृत्यु शैय्यामा मात्रै पुग्ने बिरामीको बाध्यता अन्त्य भएकाे छ।

बिरामी गंभिर भएपछि बिशेषज्ञ सेवा लिन मात्रै  बिएण्डसी पुग्ने जमात धेरै ठुलाे छ । सरकारी अस्पतालले जनताकाे मन जित्न नसके पछि केही बढि पैसा तिरेर भएपनि सम्मानित सेवा लिने उदेश्यले अहिले पुर्वाञ्चलमा छुट्टै बिमा गर्नेहरुकाे भिड लागेकाे छ । बिमा गराउन बिएण्डसीले शक्तिशाली टिम खडा गरेकाे छ।

“उच्च तहका नेता उपचार गराउन एमडिजिपि खाेज्दै विदेश पुग्छन् । स्वदेशका आफ्ना नागरिककाे उपचारमा  “एचए” भिडाउछन् बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाइले भने “यसकाे खाडल पुर्न हामीले विशेषज्ञ चिकित्सक सहितकाे सेवा दिन छुट्टै बीमा सुरु गरेका हाैं ।” याे सेवा आगामी तीन महिनाबाट लागु  हुनेछ  ।

बिएण्डसीले बीमा गराएकाहरुकाे कार्ड बितरण सुरु गरेकाे छ । याे सेवा सँगै स्वास्थ्य बीमा गरेका बिरामी विगतमा मृत्यु शैयामा पुग्ने बेला बिएण्डसी पुग्थे भने अब सुरुमै पुग्ने छन् अधिकारीहरु भन्छन् ।
सरकारी बिमा कार्यक्रमकाे भिडमा छुट्टै नयाँ बिमा कार्यक्रम सुरु गरेकाे बिएण्डसीलाइ चुनाैती भने धेरै छन् । जसले गर्दा सरकारीमा जस्ताे जनतालाई झुक्याउने र मन दुखाउने छुट उसलाई छैन ।

प्रसाईका अनुसार हाल सम्म ५९ हजारले बीमा गरेका छन् । ५ हजार ९ सय ९५ रुपैयाँ  तिर्दा ५० हजार बराबरको सेवा पाउनेछन् । सरकारले दिएकाे स्वास्थ्य बीमाकाे सेवा लिन तीन दिनसम्म बिएण्डसी धाउनु पर्ने बाध्यता थियाे । सरकारले जति खाेके पनि सरकारी अस्पतालमा संचालित स्वास्थ्य बीमा कार्यक्रम नाम मात्रैकाे छ । तर, यसाे भन्दै गर्दा उदाहरणीय सरकारी अस्पताल नभएका भने हैन ।

५ हजार ९ सय ९५ रुपैयामा ५० हजार बराबरको स्वास्थ्य उपचार सेवा बिएण्डसीले दिएको छ । याे सेवालाइ हामिले सम्मानजनक रुपमा स्विकारेका छाैं एक बिमित राजु सिटाैलाले बताए । उनले आफ्नाे ५ जना परिवारकाे बीमा बिएण्डीमा गरेकाे बताए ।

बिमित अहिलेकाे २१ औं शताब्दीमा स्वास्थ्य चाैकी र उपस्वास्थ्य चाैकीमा अनमिन अहेवले बाढेकाे औषधिकाे भरमा मात्रै सेवा लिएर बस्न रुचाउँदैनन्  । उनिहरु गुणस्तरीय सेवाकाे खाेजीमा हुन्छन् । त्यहि गुणस्तरीय सेवा सरकारीबाट नपाएपछि बीमा नवीकरण राेकेर बिएण्डसीले सुरु गरेकाे “मेराे बिएण्डसी, मेराे जीवन साथि” कार्यक्रममा जाेडिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ