विश्व बजारमा सिरप र झोल औषधिको बिक्री वितरणमा रोक, डीडीएलाई भारतीय कम्पनीबिरुद्ध बाेल्न कमिसनको ‘गलपासो’


काठमाडौं । भारतले एक औषधि कम्पनीले उत्पादन गरेको सिरप तथा झोल औषधिको सेवनबाट कयौं बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप र झोल औषधिको बिक्री वितरणमा रोक लगाइएको छ । तर, खुला सीमा रहेको नेपालमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।

नेपालकाे औषधि व्यवस्था विभाग (डीडीए)लाई भारतीय कम्पनीबिरुद्धमा विज्ञप्ति जारी गर्न कमिसनको ‘गलपासो’ भएको छ । नेपालमा औषधि भित्राउने अनुमति दिन केही समय अगाडि मात्रै करोडौं घोटाला भएको थियो । त्यसैले पनि विभागले यो जोखिम अहिले मोल्न चाहँदैन ।

विभिन्न सञ्चारमाध्यमले दाबी गरे अनुसार १ सयभन्दा बढी बालबालिकाको मृत्यु सिरप तथा झोल औषधिको सेवनबाट भएको छ । द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको थियो ।

अधिकारीहरुले बताए अनुसार केही सिरप औषधिमा मिर्गौलामा गम्भीर असर पार्ने अक्यूट किड्नी इन्जरी (एकेआई) गराउने पदार्थहरू फेला परेको र त्यसैका कारण बालबालिकाको मृत्यु भएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि द गाम्बियामा झन्डै ७० बालबालिकाको मृत्युको कारणसँग सम्बन्धित देखिएको भन्दै खोकीका चारवटा औषधिबारे विश्वव्यापी चेतावनी जारी गरेको छ । तर, नेपाल सरकार र यसको नेतृृत्व गर्ने औषधि व्यवस्था विभाग विदेशी औषधि कम्पनीको दास जस्तै बनेर बसेको छ ।

यस प्रकारको बिषाक्त पदार्थ अन्य औषधिमा पनि हुन सक्ने हुंदा नियामक संबेदनशिल भएर तत्काल नमूना परिक्षण गर्ने बिषाक्त पदार्थ पाईएमा कार्वाही नभए जनमानसमा ढुक्क हुने अबशस्था सिर्जना गर्नु पर्यो अहिले रमिते छन् जवाफदेहिता छैन ।

अधिकारीहरुले बताए अनुसार नेपाल अधिकांश विदेशी औषधिको भरमा चलेको छ । नेपाल औषधि उत्पादक संघले ५० प्रतिशतको हाराहारीमा आत्मनिर्भर भएको सार्वजनिक प्रतिक्रिया दिँदै आएको छ । तर, जीवनरक्षक औषधि सिटामोल समेत पुर्याउन सकेको छैन । खुला सीमा भएका कारण धेरै औषधि भारतबाट बिना दर्ता समेत नेपाल भित्राउने गरिएको छ । २५ जना पनि कर्मचारी नभएको औषधि  व्यवस्था विभागले अनुगमन गर्न सक्ने कुनै आधार छैन ।

छिमेकी देशको औषधि कम्पनीले उत्पादन गरेको सिरप र झोल औषधिमाथि प्रतिबन्ध लागेपछि २४ घण्टा नबित्दै नेपालले नागरिकलाई सचेत गराउनु पर्ने हो । तर, भारतीय कम्पनीको कमिसनमा चलेका विभागका कर्मचारीले अहिलेसम्म सार्वजनिक रुपमा सचेत हुन अपिल जारी गरेको छैन । विभागका एक अधिकारीले भने, ‘भित्रभित्रै कुरा भइरहेको छ, सार्वजनिक रुपमा सिरप र झोल औषधिमा प्रतिबन्ध लगाउँदा भारतीय औषधिको नेपाली बजार ठप्प हुन्छ ।’,

सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ ‘अस्वीकार्य मात्रा’मा भएको डब्ल्यूएचओले जनाएको छ । जसले भटाभट बालबालिका मरिरहेका छन् । डब्ल्यूएचओका अनुसार ती सिरपहरूले ‘अक्यूट किड्नी इन्जरी’ गराएको हुनसक्ने ठानिएको छ । ‘एकेआई भएका पाँच वर्षभन्दा कम उमेरका बिरामीहरूमा प्रयोग गरिएको केही सिरपहरूमा एथलीन ग्लाइकोल र डाईएथलीन ग्लाइकोल समावेश भएको पुष्टि भएको थियो । ती सिरपमा त्यस्ता पदार्थ हुनु हुँदैनथ्यो, वा निकै कम मात्रामा हुनुपथ्र्यो,’ अधिकारीहरुले भनेका छन् ।

अहिले सम्म सिरफ र झाेल औषधिका बारेमा एक शब्द पनि बाेल्न नसकेकाे नेपाल औषधि व्यवस्था विभागका सुचना अधिकारी सन्तोष केसीसँग स्वास्थ्य लाइभले केही जिज्ञासा राखेकाे छ ।

सिरप तथा झोल औषधिमा प्रतिबन्ध छ, तपाईहरुलाई कुनै  जानकारी छैन ?

हैन, हैन । भारतको एक कम्पनीको नाम आएको छ । जुन कम्पनीका औषधि नेपालमा उपलब्ध छैनन् । सिरप तथा झोल औषधिको विषयमा प्रश्न उठेपछि हामीले अनौपचारिक तथा औपचारिक रुपमा छलफल गरेका हौं । उहाँहरुले केमिकल एसियोर गरेर मात्रै बनाउने भन्ने कुरा भएको छ ।

भनेपछि नेपालमा समस्या नआउँदा सम्म सुतेर बस्ने हो ?
झोल औषधि बनाउँदा प्रोक्लिन ग्लाइकोल औषधि प्रयोग हुनुपर्छ तर, डाईएथलीन ग्लाइकोल परेको खण्डमा समस्या आउने हो । उत्पादक संघ जसजसले सिरप तथा झोल औषधि बनाउँछन् हामीले उनिहरुलाई सर्कुलर गरिसकेका छौं ।

अनी सर्कुलर गरेको आम नागरिकले थाहै पाएनन् त ?

शुक्रबार पनि हामीले औषधि उत्पादक संघसमक्ष बसेर छलफल गरेका छौं । विषय अन्य भएपनि अहिले देखिएको वर्तमान समस्याकाबारेमा पनि छलफल भएको थियो । सुरुमै हामीले एपोनलाई भनेका थियौं । उहाँहरुले सबैलाई उर्दी जारी गर्नुभएको थियो । थप ऐक्सन विभागले लिनु पर्छ की भनेर कुन उद्योगले यस्ता औषधि उत्पादन गर्छन भनेर हामीले विवरण संकलन थालेका छौं । तर, अहिले सम्म कुनै समस्या छैन ।

त्यसको मतलब, अहिले तपाईंहरु निदाउने, समस्या देखिए पछि उठ्ने हो ? चोरिका औषधि सिमानाबाट छिरेका होलान् ?

हैन, यो औषधि प्रयोग गर्नै मिल्दैन । प्रयोग गर्नै नमिल्ने वस्तु कसरी मिसावट भयो अचम्म छ । बनाउन नमिल्ने बस्तु मिसावट हुनु भनेको ‘जिएमपी’ गुण म्यानिफ्याक्चरिङ प्राक्टिसको अभ्यास नगरेको बुझिन्छ । यो अभ्यास नगर्दा यस्तो विषाक्त वस्तु मिसावट हुन पुगेको हो । नेपालको हकमा अब सोच्छौं ।

यो त, नेपाली र विदेशी उद्योगीको प्रभावमा परेर प्रतिबन्ध नलगाएको जस्तो देखियोनी ?

यस्तो हुँदै हैन । केही सीमित औषधि उत्पादन गर्दा प्रयोग गरिन्छ । भारतको हकमा जुन केमिकल प्रयोग गर्नुपर्नेमा त्यही केमिकलको नाममा अर्को आयो । कतिपय परिक्षणमा दुवैको नतिजा मिल्न पनि जान्छ । तर, नेपालको हकमा त्यो छैन भन्ने कुरा आएको छ । तर हामी सचेत भने छौं । अहिलेसम्म नाकाबाट छिरेको छैन ।

क्याटेगोरी : अन्तर्वार्ता

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ