लिङ्देनले सेयर गरेको पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराविरुद्धको समाचारको स्क्रिनसट भाइरल

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सेयर गरेको पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराविरुद्धको समाचारको स्क्रिनसट भाइरल भएको छ । लिङ्देनले सन् १०१७ मा राप्रपका वरिष्ठ नेता बोहराविरुद्ध लेखेको समचार सेयर गरेको स्क्रिनसट भाइरल बनाइएको हो ।
बोहराविरुद्ध आयल निगमको जग्गा खरिद अनियमितताको प्रकरणसँग जोडेर लेखिएको समचार लिङ्देनले सन् १०१७ मै सेयर गरेको देखिन्छ । उक्त स्क्रिनसट अहिले आएर भाइरल बनाउने काम भएको छ ।
प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ राप्रपाका तर्फबाट उम्मेदवार बनेका बोहराप्रति लिङ्देङको पुरानो दृष्टिकोण यस्तो रहेछ भनेर उक्त विषयलाई सामाजिक सञ्जालमा चर्चामा ल्याउने काम भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणसँग चुनाव लडेका बोहरालाई आफ्नै अध्यक्षले सेयर गरेको समाचारको स्क्रिनसट महँगो पर्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस