बेलायतमा दशौं हजार नर्स आन्दोलित हुँदै


काठमाडौं । बेलायतमा दशौं हजार नर्स आन्दोलनमा उत्रिने भएका छन् । तलब सुविधा र जीवनयापनका कुरालाई लिएर बेलायतका नर्सहरु हडतालमा उत्रिन लागेका हुन् ।

महँगी अनुसारको सुविधा नभएको भन्दै उनीहरू हडताल गर्ने पक्षमा उभिएका छन् । राम्रो तलब सुविधा खोजेर बेलायतमा पहिलोपटक नर्सहरू हडताल गर्ने पक्षमा उभिएका हुन् ।

रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले अनुसार देशभरका अधिकांश राज्य–संचालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका छन् । यसले बेलायतको स्वास्थ्य सेवामा नराम्रो असर पर्ने अनुमान गरिएको छ ।

नेपालबाट १० हजार बढी नर्स लग्ने घोषणा गरेको बेलायतमा अहिले कार्यरत नर्सहरु आन्दोलनमा उत्रिनुले बेलायतको स्वास्थ्य सेवाप्रति नकारात्मक असर पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ