निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

शिक्षण संस्था भने २ गतेदेखि नै बिदा हुने


काठमाडौं । सरकारले निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालय प्रवक्ता फणिन्द्रमणि पोखरेलले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । शिक्षण संस्थाको हकमा भने २, ४ र ५ गते बिदा हुने उनको भनाइ छ ।

विद्यालयहरुमा मतदान केन्द्र हुने भएकाले सरकारले २ गते शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मंसिर ३ गते शनिबार परेकाले सरकारले चुनावको दिन मंसिर ४ गते आईतबार र त्यसको भोलिपल्ट सोमबार गरी दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले भने मंसिर २, ४ र ५ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर सरकारले २ गतेदेखि शैक्षिक संस्थाको हकमा र  ४ र ५ गते सम्पूर्ण सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ