चुनावमा अप्रिय घटना हुन नदिन सेनाको बम डिस्पोजल टोली फिल्डमा
काठमाडौं । भोलि हुने चुनावमा अप्रिय घटना हुन नदिन नेपाली सेनाको बम डिस्पोजल टोली फिल्डमा खटाईएको छ ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर ९ सय ३ बम डिस्पोजल टोली तयार पारेर फिल्डमा खटाइएको हो ।
मतदानस्थललाई संवेदनसिल, अतिसंवेदनशिलमा वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाएको छ । निर्वाचनलाई स्वच्छ र भयमूक्त बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी फिल्डमा खटाइएको गृह मन्त्रालयले जनाएको छ ।
भोजपुरलगायतका ठाउँमा बम विस्फोट भएपछि सरकारले चुनावमा अप्रिय घटना नघटोस् भनेर बम डिस्पोजल टोली फिल्डमा खटाएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस