सोलुखुम्बुका मतदान अधिकृत राय सुतकै ठाउँमा मृत फेला


काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाम  खटिएका एक मतदानकेन्द्रका अधिकृत मृत फेला परेका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउमा मृत भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत राय सर्लाही हरिपुर्वा नगरपालिका ५ का हुन् ।  लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको उनी सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ