टोफिको तोड्का लिची बजारमा
काठमाडौं । सूर्य नेपाल प्रालिद्वारा उत्पादित टोफिको तोड्का लिची बजारमा आएको छ ।
नेपालकै अग्रणी व्यवसायी संस्था सूर्य नेपालले कन्फेक्सनरी ब्राण्ड टोफिको अन्तर्गत नयाँ तड्का लिची “टेस्टको नयाँ टिव्स्ट” नारासहित बजारमा सार्वजनिक गरेको हो ।
टोफिको तोड्का लिची बिक्री मूल्य प्रति गोटा साढे २ रुपैयाँ कायम गरिएको छ । तोड्का लिचीको मिठो स्वादको साथै चाट मसलाको उत्कृष्ट समिश्रण रहेको कम्पनीको दाबी छ ।
यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुने कम्पनीको विश्वास रहेको छ । टोफिको तोड्का आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएको छ । अब लिचीको नयाँ स्वादले तोड्काको पोर्टफोलियो विस्तारका साथ दिने कम्पनीले जनाएको छ ।
टोफिको तोड्का लिची नेपालभरिका रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको हो । टोफिको का विभिन्न उत्पादनहरू नेपाली बजारमा आफ्नो उपस्थिति जनाइ ग्राहकहरूको मन जित्न सफल भइरहेका छन् । टोफिको अन्तर्गत फ्रुट फुन, फ्रूटी डिलाइट लगायतका बजारमा उपलब्ध छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस