पूर्व स्वास्थ्यमन्त्री अधिकारीलाई मुख्यमन्त्रीको बाटो खुल्यो


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई मुख्यमन्त्रीको बाटो खुलेको छ ।

नेकपा एमाले संगठन विभाग प्रमुुख समेत रहेका खगराज अधिकारी कास्की क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै उनी गण्डकी प्रदेशको मुख्यमन्त्रीका प्रबल दाबेदार बनेका हुन् । माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मत अन्तरले पराजित गरेर अधिकारीले मुख्यमन्त्री बन्ने ढोका खोलेका हुन् ।

माओवादी केन्द्रका दीपक कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गर्दा अधिकारी १५ हजार ६ सय २३ मत ल्याएर विजयी भएका हुन्  । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएर उनलाई मुख्यमन्त्रीको लागि ढोका खोलिएको थियो । अधिकारी नै एमालेका मुख्यमन्त्रीको दाबेदार बन्ने निश्चित छ ।

गठवन्धन दल मिलेर गए उनी प्रमुख प्रतिपक्षी दलको नेतको भूमिकामा रहने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #खगराज अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ