पटकपटक स्वास्थ्यमन्त्री बनेका पोखरेल अब रोकिए
काठमाडौं । पटकपटक स्वास्थ्यमन्त्री बनेका गिरिराजमणि पोखरेल अब रोकिएका छन् । महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएसँगै उनको पुनः स्वास्थ्यमन्त्री बन्ने ढोका बन्द भएको छ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेल एमाले उम्मेदवार लक्ष्मी महतोसँग पराजित भएका छन् । उनी १ हजारभन्दा बढी मतले महतोसँग पराजित हुन् पुगेका हुन् ।
महोत्तरी निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतोले २४ हजार चार सय एक मत ल्याई विजयी हुँदा पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेर पराजित भएका छन् ।
स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमा एकछत्र राज गरिरहेका पोखरेल अब ५ वर्ष मन्त्रिमण्डलबाट बाहिर रहने भएका छन् ।
क्याटेगोरी : समाचारट्याग : #पूर्व स्वास्थ्य मन्त्री दिपक बोहोरा
तपाईको प्रतिक्रिया दिनुहोस