के एचआईभी संक्रमितहरूमाथी स्वास्थ्य सेवा प्रदायकबाट हुने भेदभावमा कमि भएको हाे ?


काठमाण्डौं। एचआईभी संक्रमितलाइ स्वास्थ्य सेवामा गर्ने भेदभावमा कमि आएको बताइएको छ । राजधानीमा आयाेजित एक कार्यक्रममा स्वास्थ सेवा प्रदायक निकायमा हुने लान्छना, विभेद, भेदभाव जस्ता घटना सन् २०११ को तुलनामा घटेको पाइएको हाे ।

एचआईभी संक्रमित भएकै कारण स्वास्थ्य संस्थाहरूबाट उनिहरुले स्वास्थ्य सेवा पाएका थिएनन् ।  व्याबहार सन् २०११ मा ११ प्रतिशत बाट सन् २०२२ मा ४ प्रतिशतमा घटेको अध्ययनबाट पाइएको हो।

३५ औं विश्व एड्स दिवसको अवसरमा, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र सेभ द चिल्ड्रेनले एक कार्यक्रम बिच एचआईभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लान्छना सूचक) सम्बन्धी सार्वजनिक गरिएको रिपोर्टमा  उक्त तथ्य पाइएको हो।

त्यसैगरी २०११ को तथ्यांकसँग तुलनामा नेपालमा एचआइभी संक्रमितहरू प्रति गरिने व्यवहारमा उल्लेखनीय कमी आएको देखिएको छ। लान्छना र भेदभावसँग सम्बन्धित घटनामा विगत १२ महिनामा कम्तीमा सन् २०११ को ४९.७ प्रतिशतबाट सन् २०२२ मा ९.५ प्रतिशतमा घटेको हो।

यद्यपि एचआइभी संक्रमितहरू प्रति समाजले गर्ने विभेद र लान्छना तुलनात्मक रुपमा हेर्दा धेरै नै छ र २५ वर्षभन्दा तलको उमेर समुहमा यो विभेद झनै धेरै छ। अझै पनि, धेरै एचआईभी संक्रमितहरूले सेवा प्रदायकहरूबाट भेदभावको सामना गरिरहेका छन् र सेवा लिने क्रममा उनीहरुको गोपनीयता कायम नहुने पनि हुने गरेको छ।

तसर्थ, यो सर्वेक्षणले समुदाय, स्वास्थ्य संस्था, सामाजिक सञ्जाल, संचार माध्यम र औपचारिक शिक्षा प्रणालीहरूमा लगायत अन्य ठाँउहरूमा पनि शैक्षिक गतिविधिहरू आयोजना गरी परिवार, समाज, शैक्षिक संस्था, सेवा प्रदायक र स्वास्थ्य संस्थाहरूमा प्रमाणमा आधारित पैरवी र सचेतना मूलक कार्यक्रमहरू संचालन गर्नुपर्ने देखाएको छ।

त्यस्तै एचआइभी संक्रमित युवाहरू माथि हुने भेदभाव कम गर्न कार्यस्थल तथा शैक्षिक संस्थाहरूमा विशेष सचेतना कार्यक्रमहरू गर्नुपर्ने देखिन्छ भने सेवा प्रदायकहरूबाट हुने भेदभाव र लान्छना कम गर्न अनि एचआइभी संक्रमितहरूको पहिचानको गोपनियता सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूमा विशेष कार्यक्रमहरू संचालन गर्नुपर्ने पाईएको छ।

एचआईभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लान्छना सूचक) २.० रिपोर्ट एचआईभी संक्रमितहरूका सञ्जाल, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल र एचआईभी संक्रमित महिलाहरूको राष्ट्रिय महासंघको नेतृत्वमा र सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड अन्तर्गतको कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा तथा शिक्षा स्वास्थ्य र सामाजिक विज्ञानमा अनुसन्धान केन्द्र नामक एक स्वतन्त्र अनुसन्धान संस्थाको सहजीकरणमा तयार पारिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ