स्वास्थ्य पत्रकार डाँगीसहित यी हुन् ३० वर्षमुनिका सांसद
काठमाडौं । स्वास्थ्य पत्रकार निशा डाँगीसहित ३० वर्षमुनिका ८ जना सांसद प्रतिनिधिसभामा पुगेका छन् । ३० वर्षमुनिका ३ जना राष्ट्रिय स्वतन्त्र पार्टी, २ जना राप्रपा, १ जना नेपाली कांग्रेस, १ जना माओवादी केन्द्र र १ जना र जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
८ जना सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीकी सोवित गौतम, कांग्रेसका योगेश गौचन र राप्रपाका ज्ञानेन्द्र शाही प्रत्यक्ष निर्वाचित सांसद हुन् । २५ वर्षीय झापाकी निशा डाँगी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भनेर प्रतिनिधिसभाको सबैभन्दा कान्छो सांसदको रेकर्ड कायम गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाटै २६ वर्षीय विनिता कठायत पनि समानुपातिक सांसद बनेर प्रतिनिधिसभाको दोस्रो कान्छो सांसद हुन सफल भएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी कै दोलखाकी २७ वर्षीय सोविता गौतम तेस्रो कान्छो सांसद बनेकी छिन् । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित सोविता प्रत्यक्ष निर्वाचित हुनेमा भने सबैभन्दा कान्छो सांसद हुन् ।
सिरहाकी २८ वर्षीय विनिताकुमारी सिंह जनमत पार्टीबाट प्रतिनिधसभामा समानुपातिक सांसद बनेकी छिन् । उनी कान्छो सांसदको बरियतामा चौथौ नम्बरमा पर्न सफल भएकी हुन् । त्यस्तै ३० वर्षमुनिको पाँचौ कान्छो सांसदमा सल्यानकी २८ वर्षीय अनिशा नेपाली पर्न सफल भएकी छिन् । उनी राप्रपाबाट प्रतिनिधिसभा समानुपातिक सांसद बनेकी हुन् ।
मुस्ताङबाट प्रत्यक्ष निर्वाचित योगेश गौचन थकाली प्रतिनिधिसभाका छैटौं कान्छो सांसद भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका २९ वर्षीय योगेश पुरुष तर्फ भने सबैभन्दा कान्छा सांसद हुन् । त्यस्तै मुस्ताङ कै ३० वर्षीय छिरिङ लामु तामाङ पनि ३० वर्षमुनिका कान्छा सांसद हुन् सफल भएका छन् । उनी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बनेका हुन् ।
जुम्लाबाट प्रत्यक्ष निर्वाचित ज्ञानेन्द्र शाही पनि ३० वर्षभित्रकै सांसद हुन् । उनी राप्रपका प्रवक्ता समेत रहेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस