आफूखुसी एन्टिबायोटिक्स प्रयोग नगरौं


काठमाडौ । चिकित्सकले जथाभावी एन्टिबायोटिक्स औषधि सिफारीस गर्दा स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सक स्वयंले बताउन थालेका छन् ।

साधारण औषधिको तुलनामा एन्टिबायोटिक र एन्टिमाइक्रोबियलजस्ता औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर गर्छ । चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुने गरेको हो ।

चिकित्सकका अनुसार जीवाणु, परजिवी जस्ता किटाणुबाट मानवलाई हुने सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ । यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सुक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको हुँदैन डा. विकास देवकोटा भन्छन् ।

विश्वमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्यको मात्र नभई चिकित्सा विज्ञानको पनि प्रमुख चुनौतीका रूपमा देखापरेको डा. देवकोटाले भने ।

यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्स औषधिको प्रभावकारिता कम हुँदैगएको छ । विज्ञका अनुसार पछिल्लो समय नयाँ एन्टिबायोटिक्स औषधि बन्न सकेको छैन । बन्ने अवस्था पनि छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ