भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालनमा ल्यायो


काठमाडौं । भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा नै ख्वप मेडिकल कलेज स्थापना गर्ने उद्देश्यले नगरपालिकाले ख्वप अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले १५ लाखमै एमबीबीएस पढाउने दाबी गर्दै नगरपालिकाले ख्वप मेडिकल कलेज एवं शिक्षण अस्पताल सञ्चालन गर्न लविइङ थालेका छन् । उक्त सपना साकार पार्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएको देखिन्छ ।

नवनिर्मित ख्वप अस्पतालको भवन मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (क. रोहित)ले हातबाट  उद्‌घाटन गराइएको छ । ख्वप अस्पताल जनताको आफ्नै अस्पताल भएको उनको भनाइ छ ।

भक्तपुर अस्पतालले ख्वप विश्वविद्यालय बनाउन खोजिरहेको छ । ख्वप कलेजले अहिले पनि इन्जिनियरिङका साथै अन्य संकायमा पनि पठाउँदै आएको छ । भक्तपुर नगरपालिकाको अबको उद्देश्य भने ख्वप मेडिकल कलेज सञ्चालनमा ल्याउने हो । यसका लागि मेयर प्रजापति तीव्र रुपमा लागिपरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ