बिचमा छाडेर फेरी किन १२ तहका लागि दौडमा आए डा. श्रीकृष्ण
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमुख विशेषज्ञ दुई रिक्त पदका लागि पाँच जनाको नाम सिफारीस गर्ने भएको छ । त्यसका लागि नामको टुङ्गो समेत लागेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिफारीसमा पर्ने नाममा रोल क्रम अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रदेश अस्पताल भद्रपुरका डा. टंक प्रसाद बारकोटी, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकाल र रााष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी डा. सुधा देवकोटा रहेका छन् । यी मध्ये दुई जनालाई सरकारले स्वास्थ्य सेवाको बिशिष्ट श्रेणीको पदमा बढुवा गर्ने छ ।
अब, रोचक कुरामा लागौं । विगतका सिफारीसमा पहिलो नम्बरमा पर्दै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ अहिले पनि पहिलो नम्बरमा छन् । तर, कुरा उनि पहिलो नम्बरमा हुनुसँग जोडिदैन । बिचमा श्रेष्ठले किन प्रतिस्पर्धाको दौड बाहिर बस्न चाहे भन्ने हो ।
०७८ कात्तिकको बढुवा सम्म उनले १२ तह बढुवाको दौडमा भाग लिदै आएका थिए । तर, त्यही समयको चैतमा उनले दौडबाट बिश्राम लिए । उनले बिश्राम लिए पछि डा. संगिता मिश्राले १२ तहबो बाजी मार्न पुगिन ।
डा.भिम सिंह तिंकरीले सेवा अवकाश पाएपछि स्वास्थ्य मन्त्रालयले ०७८ चैतमा रिक्त एक पदका लागि बढुवा खुलाएको थियो । तर, उक्त समयमा डा. श्रीकृष्ण श्रेष्ठले निवेदन हालेनन् र दौड बाहिर बसे ।
स्वास्थ्य मन्त्रालयका अनुसार श्रेष्ठ ८६ अङ्क सहित पहिलो नम्बरमा थिए भने ८५ अङ्कसहित डा. संगिता मिश्रा दोस्रो स्थानमा थिइन् । बिचमा दौड बाहिर बसेका श्रेष्ठको भित्री चाहना के थियो उनैले जानुन् । तर, बाहिर उनले डा. मिश्रालाई मौन समर्थन जनाएको बुझिन्छ । श्रेष्ठ भने यो विषयमा सत्यता नभएको बताउँछन् ।
‘विगतमा तीन पद रिक्त हुदा परिन्छकी भनेर भरेको हुँ, श्रेष्ठले स्वास्थ्य लाइभसँग भने, ‘पर्न सकिएन, पछिल्लो पटक एक पदका लागि खुलेको थियो । एक पदका लागि म योग्य छैन भनेर नभरेको हुँ ।’ उनले आफ्नो मान्छे नभएकाले पनि बिचमा नभरेको बताए । तर, आफुले नभर्दा संगितालाई समर्थन गरेको जस्तो भएको उनको बुझाईछ । मैले भरेको भए सायद संगिताको १२ तह नहुन सक्थ्यो उनि भन्छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस