मलेरियाको ‘विज्ञ’ मन्त्रीको पिए


काठमाडौं । भारतमा दुई दिन सम्म चल्ने मलेरिया सम्बन्धी कार्यक्रममा भाग लिन स्वास्थ्य जनसङ्ख्या  मन्त्री भवानी प्रसाद खापुङका पिए जनक अधिकारी गएका छन् ।

स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार अधिकारी केही दिन अगाडी सोही कार्यक्रममा थाइल्याण्ड गएका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा मलेरिया विज्ञ हुँदाहुँदै मन्त्रीको पिएलाई उक्त कार्यक्रममा लगेको भन्दै स्वास्थ्य क्षेत्रमा विरोध भएको छ ।

अधिकारीलाई मलेरियाबारे कुनै जानकारी छैन । भारतमा दुई दिने मलेरिया सम्बन्धी कार्यक्रम मङ्गलवार र बुधवार चल्ने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ