ईशान बाल अस्पतालमा नयाँ सञ्चालक समिति


काठमाडौं । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पतालको नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । हालै २७ औँ बार्षिक साधारण तथा सातौ अधिवेशनबाट नौ जना सदस्य सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुमा श्रीमती जन थापा क्षेत्री, डा गिता गुरुङ, डा रामनन्दनप्रसाद चौधरी रहेका छन् । यस्तै प्रविश नरसिंह रायमाझी, निभेषमान श्रेष्ठ, डा मोहनकुमार प्रसाई र डा मिनु चौधरी पनि निर्वाचित भएका छन् । यसैगरी डा राकेशकुमार साह र डा रमेशप्रसाद सिंह पनि निर्वाचित भएका छन् ।

चार वर्षका लागि निर्वाचित अब यिनै सदस्यहरुबाट अध्यक्ष, अस्पताल निर्देशक र अन्य उपसमिति संयोजक चयन हुनेछन् । त्यसका लागि अस्पतालले आगामी १० पुसको दिन तोकेको छ ।

विसं २०५२ साल कृष्णाष्टमीको दिनमा नेपालको पहिलो गैरसरकारी बाल अस्पतालको रुपमा स्थापित ईशान बाल नर्सिङ् होम प्रा.लि १५ बेडबाट शुरु भई हालको ईशान बाल तथा महिला अस्पताल प्रा.लिको रुपमा सेवा दिदै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ