चीनले जबरजस्ती भिडाएको ४० लाख सिनोफाम खाल्डामा !


काठमाडौं । विगत ६ महिनादेखि देशमा कोरोना भाइरसविरुद्धको कुनै
पनि खोप भित्रिएको छैन । भित्रिएका केही खोप सकिएका
छन् । भएका लाखौ खोप प्रयोगमै नआउँने खालका
छन् ।

सरकारले कोभिडको दोस्रो मात्रै हैन, चौथो डोज समेत लगाउने निर्णय गरेको छ । तर, उक्त निर्णय कोठा भित्र भएको छ । बाहिर ल्याइएको छैन । जसले गर्दा बाहिर चौथो डोज लगाउने निर्णयबारे आमसञ्चारमाध्यम र नागरिक बेखवर छन् ।

अधिकारीहरू भन्छन्, ‘सरकारको कोठे निर्णय दातृनिकाय खुसी बनाउने
बाहेक नागरिक बचाउने उदेश्यले गरेको हैन ।’

स्वास्थ्य सेवा विभागका अधिकारीहरू भन्छन्स, ‘रकारको कोठे
निर्णयले न्युनतम भ्याक्सिन समेत खेर गएको छ ।’

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक हप्ता नपुग्दै विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले मान्यता समेत नदिएको चीनको सिनोफाम खोप लिन स्वास्थ्य मन्त्रालयलाई तीव्र दवाव परेको थियो ।

‘हामीले नेपालमा सिनोफाम खोप आवश्यक छैन भनेर पटक पटक जवाफ पठायौं, विभागका एक अधिकारीले स्वास्थ्य लाइभसँग भने,’ तर, त्यसको दवाव थेग्न सकिएन चीनले ४० लाख सिनोफाम खोप भिराएरै
छाड्यो । उक्त खोप नेपालमा कहिल्यै लगाउन मिल्दैन ।’

स्वास्थ्य सेवा विभागका अनुसार अहिलेसम्म उक्त खोप प्रयोगमा आएको छैन । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. सागरदाहाल भन्छन्, ‘दिएको ४० लाख खोप प्रयोगमा
आएको छैन । उनका अनुसार उक्त खोपको म्याद भने अझै बाँकी रहेको छ । नेपालमा कहिल्यै प्रयोग गर्न नमिल्ने खोपको म्याद जुनिजुनि सम्मका लागि भएपनि त्यसको कुनै अर्थ छैन ।’

डा.दाहालका अनुसार नेपालमा अहिले चीनले दिएको सिनोफाम खोप प्रयोग गर्न मिल्दैन । पहिलो र दोस्रो डोज लगाउँन मिल्ने उक्त सिनोफाम बुस्टर डोज लगाउँन मिल्दैन ।’

प्रमुख दाहालका अनुसार अहिले बच्चाहरूका लागि लगाउने साढे ४ लाख फाइजर खोप मात्रै मौज्दातमा रहेको छ । अन्य उमेर समूहका लागि प्रयोग गर्ने खोप छैन ।

कोभिडको बुस्टर डोज लगाउनेबारे जनतामा प्रचारप्रसार शून्य हुँदा सरकारको बुस्टर डोजबारे कोठे निर्णयको कुनै अर्थ छैन ।

बुस्टर डोज लगाउनेहरूको सङ्ख्या न्यून रहेको छ । अझ ४ डोज लगाउनेको हिसाब सरकारसँग छैन । दाताले ९० लाख फाइजर खोप दिन तयार हुँदा समेत विभागले लिन मानेन ।

राजनीतिक दवाव थेग्न नसकेर प्रयोग गर्न नमिल्ने ४० लाख मात्रा खोप स्वीकार ग¥यो तर, नागरिकलाई प्रयोग गर्न मिल्ने फाइजर दिन्छु भन्दा अस्वीकार गरेको छ ।

नागरिकको खोपमा उत्साह देखिएन भन्दै अनुदानको ९० लाख मात्रा खोप लिन अस्वीकार गरेको सरकारलाई खोप सकिएकाले अहिले टाउँको दुखाई बनेको छ ।

दाहालका अनुसार धेरै फाइजर खोप आएकाले सिनोफामको प्रयोग नगरिएको हो ।

अब केही दिनमा फाइजरको १५ लाख मात्रा आउँने तयारिमा रहेको
दाहालले बताए ।

देशमा खोप छैन भने किन चौथो डोजको निर्णय गर्न हतार भयो ?

बुष्टर डोज लगाउँ भनेर निर्णय कोठाबाट गर्ने प्रचार प्रशासमा ध्यान नदिने भए निर्णय गर्नुको कुनै अर्थ थिएन एक अधिकारीले भने ।

स्वास्थ्य लाइभले पाएको पत्र अनुसार ०७९ कात्तिक २० गतेको मिति राखेर परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय ७ वटै र ७७ स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको मिति ०७९ भदौं २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रीस्तरीय मिति ०७९ कात्तिक १७ गतेको निर्णय अनुसार कोभिड विरुद्ध खोपको दोस्रो
बुस्टर अर्थात चौथो खोप दिने विषय लागु गर्न भनिएको छ ।

तर, अहिले यस विषयमा कुनै प्रचार प्रसार छ्रैन । हुनत, कर्मचारीहरूलाई फिल्ड भिजिटमा हिड्न र विदेश सयरमा भ्याइ नभ्याइ भएकाले खोपको प्रचार प्रसारबारे सोच्ने समय नमिलेको पनि हुन सक्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ