लामो समय देखि रोकिएको ‘जेसी’ रणनीति पास


काठमाडौं । लैङ्गिक समानता तथा सामािजक समावेशीकरण (जेसी) रणनीति मन्त्रीपरिषदबाट पास भएको छ ।  वर्षाै देखि रोकिएको जेसी रणनीति स्वास्थ्यका कर्मचारीकाे अथक प्रयास पछि पास भएको हो । विगतमा स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०६६ रहेको थियो । तर, अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको जेसी शाखाले संघीय संरचना अनुसार नयाँ रणनीति तयार गरेको हो ।

जेसीका मुख्य तीन वटा उद्देश्य रहेका छन् । साथै ७ वटा रणनीति ३१ वटा कार्यनीति र १३३ वटा कार्यक्रम छन् । जेसी रणनीतिको कार्यान्वयनका लागि ५ वटा समिति छन् । यस भित्र विशेषगरी लक्षित वर्ग ८ वटा रहेका छन् ।

जेसी शाखा प्रमुख रोशनी कार्कीले रणनीति पास भएपछि यसको कार्यान्वयनका लागि कार्ययोजना बनाएर अगाडी बढ्ने बताईन् । उनका अनुसार नतिजा मापन खाका समेत तयार भएको छ ।

नतिजा मापन खाका १० बर्षको लागि बनाइएको हो । उप सचिव कार्कीका अनुसार ५ वर्षमा मध्यवधी मूल्यांकन गरिने छ । संघ प्रदेश र स्थानीय सरकार तीनै तहले अनुगमन नियमन र मूल्यांकन गर्ने व्यवस्था छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति पास गराउँन सचिव देवकुमारी गुरागाई, सचिव डा रोशन पोखरेल र सह सचिव इन्द्रमणि पोखरेलको विशेष पहल छ । उनिहरुले सम्बन्धीत निकायमा आवश्यक पहल कदमी नलिएको भए अझै रणनीति आउँने अवस्था थिएन ।

यो नीति निमार्णमा विकास साझेदार सस्था, गैरसरकारी संघ संस्था, अन्य सरोकारवाला निकाय र बिभिन्न व्यक्तिको समेत चासो र चिन्ता रहेको थियो ।

महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत हालै वालबालिका सम्बन्धि राष्ट्रिय नीति र अपागंता भएका व्यक्तिको अधिकार सम्बन्धि राष्ट्रिय नीति पास भएको छ । महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नीति पास गरिदा स्वास्थ्यको जेसी रणनीतिले दुवै राष्ट्रिय नीतिमा रहेकाले स्वास्थ्य सेवालाई सहज बनाउने देखिएको उप सचिव कार्की बताउँछीन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ