डा देवकोटा र डा बराकोटी अतिरिक्त सचिव !


काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त दुई अतिरिक्त सचिवमा डा विकास देवकोटा र डा टंक बराकोटीलाई बढुवा गर्ने भएको छ ! गत बुधबार बसेको बैठकले पाँच जनाको नाम टुंगो लगाएको थियो । उनिहरु मध्ये सिनियरका आधारमा तीन जनाको नाम मन्त्रीपरिषद् पठाइसकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिनियरका आधारमा पहिलो नम्बरमा रहेका डा श्रीकृष्ण श्रेष्ठ, डा विकास देवकोटा र डा टंक बराकोटीको नाम पठाइसकीएको छ । उनिहरु मध्ये दुई जनालाई अब बस्ने मन्त्री परिषद्ले १२ तहमा बढुवा गर्ने छ ।

उच्च स्रोतका अनुसार सरकारले डा विकास देवकोटा र डा टंक बराकोटीलाई बढुवा गर्ने बताइएको छ । दुवै चिकित्सक स्वास्थ्यमा आशा गरेका व्यक्ति हुन् । १२ औं तहमा बढुवाका लागि २१ जनाले आवेदन दिएका थिए । स्वास्थ्य लाइभले पुष १ गते नै सिनियरहरुको सुचि सार्वजनिक गरेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ