लुम्बिनी प्रदेशमा २० वर्ष मुनिका किशोरीहरूले गर्भपतन गराउने दर बढ्यो
काठमाडौं । नेपालमा हुने जम्मा गर्भवती सङ्ख्या मध्ये ५ लाखभन्दा बढी अनइईच्छित हुने गरेको देखिएको छ । सुरक्षित गर्भपतन मापदण्ड र गलत व्यवहारबारे स्वास्थ्य लाइभ अनलाइन मिडियाले दाङमा आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले वर्षमा १२ लाखको हाराहारीमा महिलाहरू गर्भवती हुने गरेको बताए । जस मध्ये जसमध्ये ५ लाख ३९ हजार अर्थात ४५ प्रतिशत गर्भ अनईच्छित हुने उनले बताए । विभिन्न अनुसन्धान र अध्ययनले यस्तो देखाएको छ उनले भने ।
सरकारी तथ्याङ्क अनुसार एक चौथाई अर्थात १ लाख २८ हजार अनयोजित जन्म हुन्छ । दुइई तिहाइ अर्थात ३ लाख ५१ हजार गर्भपतन हुन्छ भने बाँकी ६१ हजार आफै खेर जान्छ ।
ढकालले भने, ‘१५ देखि ४९ वर्षका २५ प्रतिशत विवाहित महिलाहरूमा परिवार नियोजन सेवाको अपरिपूर्त माग रहेको छ ।’
तथ्याङ्क अनुसार १९ प्रतिशत जन्म अनईच्छित गर्भधारणबाट हुने गरेको छ । सरकारी तथ्याङ्क अनुसार ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको छ ।
ढकालले बढ्दो असुरक्षित गर्भपतनलाई रोक्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।
‘विभिन्न स्रोत साधनको कमिका कारण आवश्यक अनुगमन र कारबाही गर्न सकिएको छैन,’ उनले भने, ‘जसले गर्दा सुचिकृतभन्दा बाहिरका स्वास्थ्य संस्थाहरूबाट समेत गर्भपतन गराउने काम भइरहेका छन् ।’
सकेसम्म मगर्भपतन गराउँनु हुँदैन भन्दै ढकालले भने, ‘यदी गराउँनै परेको खण्डमा पनि सुचिकृत स्वास्थ्य सस्था हो हैन, तालिम प्राप्त स्वास्थ्यकर्मी छन् या छैनन् सबै बुझेर मात्रै सेवा लिनु राम्रो हुन्छ ।’
नेपालमा कानूनी मान्यता प्राप्त गरेको गर्भपतनले मातृमृत्युदर घटाउन महत्त्वपूर्ण योगदान गरेता पनि अधिकांश गर्भपतन अहिले पनि अदक्ष सेवाप्रदायक वा गर्भवती महिला आफैंले औषधि वा अन्य कुराको प्रयोग गरी गर्ने गरेको स्त्री रोग विशेषज्ञ चिकित्सक राजेश अधिकारी बताउँछन् ।
उनी भन्छन्, ‘दिगो विकासका लक्ष्य २०३० ले महिलाहरुको आफ्नो शरिरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैंले निर्णय गर्न सक्ने महिलाहरूको क्षमताको विकास गर्ने लक्ष्य राखेको छ ।’
कार्यक्रममा सहभागीहरूले बजारका हरेक औषधि पसलबाट बिक्रिवितरण भइरहेका गर्भपतन गराउँने औषधिको रोकथाम गर्नुपर्ने बताएका छन् । सरकारले समयमा ध्यान नदिएको खण्डमा यसले भोलिका दिनमा ठुलो दुर्घटना निम्त्याउँछ उनिहरूले भनेका छन् ।
गत आर्थिक वर्षमा गर्भपतन सेवा उपलब्ध गराएका सुचिकृत स्वास्थ्य संस्थाहरू लुम्बिनी प्रदेशमा १ सर ७४ वटा रहेका छन् । सूचिकृत सबै स्वास्थ्य संस्थाबाट नि:शुल्क सेवा उपलब्ध हुने गरेको जनस्वास्थ्य अधिकृत ढकालले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर १५ सय स्वास्थ्य सस्था सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँनका लागि सुचिकृत भएका छन् । प्रत्येक वर्ष करिब १ लाख महिलाले सुरक्षित गर्भपतन सेवा लिने गरेको तथ्यांक छ । तर, सरकारको रेकर्डमाभन्दा बाहिर पनि धेरै हुने गरेको सरकारी अधिकारीहरू बताउँछन् ।
लुम्बिनी प्रदेशमा १७ देखि १८ हजारले वर्ष सुरक्षित गर्भपतन सेवा उपभोग गरिरहेका छन् । यो कुल गर्भवती महिलाको १५ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । २ तिहाइले औषधिद्वारा गर्भपतन गराउँदै आएका छन् । तर, गम्भीर विषय भनेको २० वर्षभन्दा मुनिका ९ दशमलव ६ प्रतिशत महिलाले गर्भपतन गराइरहेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस