योग्यता हेरेर स्वास्थ्यमन्त्री बनाए डा. चन्दा निर्विकल्प  


काठमाडौं ‌।  कोरोना महामारी पछि बनेको नयाँ सरकारले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हेला गरेको छ ।

नयाँ सरकार बनेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । तर, दु:खलाग्दो कुरा स्वास्थ्य मन्त्रालयको नाम अन्तिममा राखिएको छ ।

राजनीतिक दलको घोषणा पत्रमा स्वास्थ्यका विषय पहिलो प्राथमिकतामा राखेको पाइन्छ । तर, मन्त्री मण्डल गठन हुँदा पहिलो प्राथमिकतामा स्वास्थ्य मन्त्रालय परेको देखिएन । ७ वटा पार्टीको समर्थनमा बनेको प्रचण्ड सरकारमा कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने टुङ्गो लागिसकेको छैन । यद्यपी राष्ट्रिय स्वतन्त्र पार्टीसँग तीन जना क्लिनिकल चिकित्सक सांसद छन् ।

स्वास्थ्य क्षेत्र चिकित्सक बाहेकका मन्त्रीलाई बुझ्न कठिन भएको भन्दै कर्मचारी र आम नागरिकले समेत चिकित्सकबाटै स्वास्थ्य मन्त्री बनाउँदा उपयुक्त हुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग चिकित्सा क्षेत्रमा वर्षौ अनुभव बटुलेका चिकित्सक छन् । रास्वपाले सांसदहरूको विज्ञता हेरेर निर्णय लिने बताइसकेको छ । यदी जनताको हितमा काम गर्ने भए स्वास्थ्य मन्त्रालय लिनु पर्ने अधिकारीहरु भन्छन् ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा प्राध्यापक डाक्टर चन्दा कार्की उपयुक्त र रास्वपाले चाहेको जस्तो विज्ञता भएकी सांसद हुन् । रास्वपाका एक अधिकारीले भने डा. तोसी कार्कीले पनि लबिङ गरिरहनु भएको छ । तर, उहासँग मन्त्रालय सम्हाल्न सक्ने क्षमता तत्काल देखिँदैन । अहिले रास्वपाका लागि उपयुक्त व्यक्ति डा.चन्दा बाहेक अर्को छैन । तर, ताेसीमा बनाउँनै परे  राज्यमन्त्री बनाउँन सकिन्छ ती व्यक्तिले भने ।

यसकारण रास्वपामा चन्दा उपयुक्त
प्राध्यापक डाक्टर कार्कीले स्वास्थ्य क्षेत्रमा ३८ वर्ष सेवा गरेकी छन् । जसमा उनले ८ वर्ष दुर्गम क्षेत्रको सेवा गरेकी छन्  । मेडिकल एजुकेसनको क्षेत्रमा समेत २१ वर्ष अनुभव भएकी डा. कार्कीसँग काठमाडौं मेडिकल कलेजको निर्देशक र प्रमुख कार्यकारी निर्देशकको अनुभव छ ।

डा. कार्कीसँग काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्य, नेपाल मेडिकल काउन्सिलका विभिन्न समितिहरुकी संयोजक एवं नेपाल स्त्रीरोग विशेषज्ञ समाजको अध्यक्षको समेत अनुभव छ ।

डा. कार्कीलाई राष्ट्रपतिद्वारा “वुमेन इन मेडिसिन“ सम्मान र बेलायतको रोयल कलेज अफ अबसट्रेटिक्स एण्ड गाइनोकोलोजीबाट “फेलो अफ रोयल कलेज अफ रोयल कलेज अफ अबसट्रेटिक्स एण्ड गाइनोकोलोजी“ सम्मान प्राप्त हुनुका निजले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा ७५ वटाभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित गरेका छन्  । अधिकारीहरु भन्छन् स्वास्थ्य मन्त्रीका लागि योभन्दा अनुभवी र योग्यतावान व्यक्ति अरु छैन । तार, ताेसीमा पठाए काम देखाउँन सकिँदैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ