रुखबाट लडेर घाइते भएका बालकको उपचारमा पैसा अभाव
काठमाडौं । रुखबाट लडेर घाइते भएका बालक अर्जुन थापाको उपचारमा पैसा अभाव भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७ वर्षीय बालक थापालाई उपचार गर्न आर्थिक सहयोगको आवश्यकता परेको हो ।
भोजपुर जिल्ला अरुण गाउपालिका वडा नं ४ स्थित दानबहादुर थापाका छोरा रुखबाट लडेर घाइते भई हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको र उपचार गर्न आर्थिक अवस्था कमजोर भएकोले सहयोगको याचना गरेका हो । परिवारको अवस्था कमजोर भएकाले आर्थिक सहयोगको याचना गरिएको केदार कार्कीले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस