भगौंडाले कोरोनाको ‘बिएफ सेभेन’ फैलाउने खतरा, युएईबाट आएका रुपन्देहीका निश्चल सुनार अस्पतालबाटै भागे
काठमाडौं । कोरोना भाइरसको बिएफ सेभेनको सङ्क्रमणदर दिन प्रतिदिन बढ्दो क्रममा छ । बिएफ सेभेन बढ्न थालेपछि नेपालका सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेक जाँचमा कडाइ गरिएको छ ।
नेपालीमा एउटा उखान छ, ‘पढायो–पढायो पाठ हजुर सोह्र दुना आठ’ कोरोना महामारीले तीन वर्ष पार गर्दा पनि नेपाली र अस्पतालहरूको व्यवहारमा कुनै परिवर्तन आएको छैन । राज्यले कोभिडका नाममा करोडौं रुपैयाँ खर्च गरेको छ । तर, नतिजा हातालायो शून्य छ ।
सरकारले नयाँ भेरिएन्टको जोखिमसँगै नेपाल बाहिरबाट आएका व्यक्तिलाई एन्टिजेन परिक्षण गरी पोजेटिभ आए अस्पताल र नेगेटिभ आए घर पठाउँने कार्यविधि बनाएको छ । एन्टिजेन पोजेटिभ आएको व्यक्तिको जिन सिक्वेन्सिङ गरेपछि मात्रै घर जाने व्यवस्था गरिएको छ ।
तर, बिहिवार यी सबै मापदण्डलाई बलि चडाउँदै रुपन्देहीका निश्चन सुनार अस्पतालबाटै भागेको गोप्य सूचना स्वास्थ्य लाइभले पाएको छ । सन् १९९८ मा रुपन्देहीमा जन्मेका ती व्यक्ति बिहिवार एयर अरेयिबा ३ एल ४५ नम्बरको जहाजबाट नेपाल आएका थिए । विमान स्थल हेल्थ डेस्कले एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि एम्बुलेन्स मार्फत सुनारलाई कोभिड अस्पताल टेकु लगिएको थियो । तर, टेकु अस्पतालले उनलाई भर्ना गर्न सकेन ।
अस्पताल उच्च स्रोतका अनुसार सुनार अस्पतालमा नबस्ने भन्दै घर भागेका थिए । उनलाई सुरक्षाकर्मी लगाएर भए पनि अस्पतालले भर्ना लिनुपर्छ । तर, देशमा कोरोना कम भएको बाहनामा जोखिम मोल्न मिल्दैन ।
विगतका तीन वर्षमा पनि नेपालमा भगौडा व्यक्तिले घर घरमा कोरोना फैलाएका थिए । जसका कारण हजारौं नागरिकको ज्यान गएको थियो । अहिले पनि विगतको दुख र पिरलाई कसैले ख्याल गरेका छैनन् । नियम उल्लङ्घन गरे जेलमा समेत पठाउँने व्यवस्था छ । तर, धमाधम विदेशबाट आएका नेपालीहरु भागिरहेका छन् । अस्पताल र सरकार रमिते बनेको छ ।
भाग्न थालेपछि एम्बुलेन्सहरुले समेत एन्टिजेन पोजेटिभ देखिएका व्यक्ति बोक्न छाडेका छन् । ‘एक एम्बुलेन्स चालकले भने, ‘हामी जोखिम मोलेर अस्पताल पुर्याउँछौं तर , त्यहाँ उपचार हुदैन भाग्छन भने हामीले दु:ख गर्नुको अर्थ छैन ।’
यस अघि पनि केही व्यक्ति अस्पतालबाट भागेको सूचना हामीले पाएका छौं । उनिहरूको नाम पत्ता लगाउन खोजी रहेका छौं । व्यक्तिको पहिचान भएको खण्डमा उक्त क्षेत्रका नागरिक आफै सचेत हुन्छन् भन्ने हाम्रो मान्यता छ ।
बिहिवार दुवईबाट एयर अरेयिबा ३ एल ४५ जहाज दिउसो २ बजेर ४६ मिनेटमा त्रिभुवन विमानस्थल ल्याण्ड भएको थियो । विमानस्थलले बताए अनुसार सुनार सिट नम्बर ९ ईमा बसेका थिए । उनको छेउछाउ बसेका ६ जना क्लोज कन्ट्याकलाई अलर्ट हुन भनिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस