कोभिड बढ्ने हल्लासँगै मास्क व्यापारी सक्रिय
काठमाडौं । कोभिड-१९ बढ्ने हल्लासँगै मास्क व्यापारी सक्रिय हुन थालेका छन् ।
काठमाडौंका वीर अस्पताल, प्रसूति गृह, शिक्षण अस्पताललगायतका गेटमा मास्क बेच्नेको भीड हुन थालेको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट बिएफ सेभेन फैलिएसँगै नेपालमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । यसको मौका छोप्दै मास्क व्यापारीहरु सरकारी अस्पतालको गेटमा पुगेर सर्वसाधरणलाई दुःख दिन थालेका हुन् ।
वीर अस्पतालको गेट अगाडि उभिएका मास्क व्यापारीले अस्पतालभित्र छिर्न मास्क अनिवार्य गरिएको भन्दै १० रुपैयाँ असुल्दै मास्क भिडाउन थालेका छन् ।
मास्क व्यापारीको ज्यादतीका कारण मास्कबिना वीर अस्पताल जाने सर्वसाधारण १० रुपैयाँ नतिरी भित्र जाने वातावरण छैन । अन्य अस्पतालको हालत पनि उस्तै छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस