कोभिड बढ्छ वा घट्छ त्यो ज्योतिषको हातमा !
काठमाडौं । नेपालमा कोरोना महामारीको तीन वर्ष पछि पहिलो पटक कोभिड १९ केस व्यवस्थापनबारे राष्ट्रिय गोष्ठीको आयोजना गरिएको छ । यतिका वर्षसम्म सुतेर बसेको सरकार र विश्व स्वास्थ्य सङ्गठनलाई स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको चिकित्सा महाशाखाले ब्युझाएको छ ।
चिकित्सा महाशाखाका निर्देशक डा. अनुप बास्तोलाको योजनामा पहिलो पटक देशैभरका कोभिड अस्पताल र सम्बन्धित अधिकारीहरूको उपस्थितिमा बृहत्त रुपमा कोभिड १९ केस व्यवस्थापन राष्ट्रिय गोष्ठीको आयोजना गरिएको हो । उक्त गोष्ठीमा कोरोना कालमा खटिएका चिकित्सकहरूले त्यस समयको अनुभव र आगामी दिनको बाटोका बारेमा धारणा राखेका थिए ।
डा.बुद्ध बस्नेतले विश्वमा कोरोनाको बिएफ सेभेन देखिएकाले नेपाल पनि त्यसको जोखिममा रहेको बताए । तर, यसले नेपालमा कोरोना संक्रमण बढ्छ वा घट्छ भन्ने विषय ज्यातिषको हातमा रहेको स्पष्ट पारे ।
‘विगतमा जस्तो अब कोभिडमा नेपालीले भबितव्य सामना गर्नु नपर्ला डा. बस्नेतले भने, तर ‘दाबी गर्न सक्ने अवस्था छैन, कुनै बेला भबितव्य पर्न सक्छ । त्यसैले कोभिड बढ्छ वा घड्ट त्यो ज्योतिषको हातमा छ ।’
विगतमा कोरोनाको प्रजाती पत्ता लगाउँदासम्म ठूलो क्षती व्यहोरिसकेका हुन्थिम अहिले प्रजाती पत्ता लगाउने साधन आफैसँग भएकाले आशा पलाएको छ डा.बस्नेतले थपे ।
देशका धेरै स्थानमा हाल भाइरसको प्रजाती पत्ता लगाउने उपकरण प्रयोगमा छन् । विगतमा डेल्टाभन्दा ओमिक्रोन कम थियो तर, फैलावट बिजुली गतिमा थियो । अब नयाँ भेरिएन्ट देखिएको खण्डमा स्वाभावक जोखिम कम हुन सक्छ । तर, जोखिम कम हुन्थ भनेर सुत्ने समय हैन । कोभिडको नयाँ प्रजातीबारे पूर्वतयारी र स्वास्थ्य क्षेत्रमा हुने काम जारी राख्नु पर्छ ।
शिक्षण अस्पताल महाराजगञ्का डा. सुवास आचार्यले आईसीयू र अक्सिजनको अभावमा पहिलो र दोस्रो वेभ कष्टकर रुपमा पार लगाएको सुनाए ।
‘पहिलो वेभमा बिना अनुभव सेवामा होमियो’, डा.आचार्यले भने, ‘दोस्रो वेभबाट केही पाठ सिक्न पायौं अब विगतमा जस्तो स्वास्थ्यकर्मीहरू हतोत्साहीत हुनु पर्ने छैन ।’
अहिले सबै वेइजिङ तर्फ हेरिरेहका छन् । त्यो भाइरस फेरी नेपालमा आउँदैन भन्ने अवस्था छैन । नेपालमा प्रवेश गरेको बेला अक्सिजनको हाहाकार विगतमा जस्तो नहोस् उनले भने ।
उनका अनुसार त्यसलाई रोक्नका लागि अहिल्यैबाट सरकार र अन्य सम्बन्धीत निकायले गृहकार्य थाल्न जरुरी छ ।
उनले नागरिक बचाउँनका लागि अब अक्सिजन प्लान्ट नभएर लिक्युट अक्सिजन प्लान्टमा जानुपर्ने बताए । तर, हाल देशमा लिक्युट अक्सिजन प्लान्टको जिम्मा एक निजी कम्पनीको मात्रै भएकाले त्यसमा सोच्न डा. आचार्यले सरकारलाई आग्रह समेत गरे ।
कोभिडमा वाइप्याप मेसिन (सामान्य खालको भेन्टिलेर) आवश्यक छैन भन्ने बहस पनि चिकित्सा बजारमा चल्न थालेको छ । कोभिडको पुन संक्रमण बढ्दै जाँदा यस्तो बहसले के फाइदा दिएला त्यो भोलीका दिनमा देखिने छ । तर, आईसीयू चिकित्सक डा.दिप्तेश अर्यालले भने अहिले वाइप्याप मेसिन (सामान्य खालको भेन्टिलेर) प्रयोगमा प्रतिबन्ध लगाउँन नपर्ने बताए ।
डा. अर्याल भन्छन्, ‘वाइप्याप मेसिन आवश्यक छ । तर, कस्तो व्यक्तिलाई र कसले दिने भन्ने कुरा महत्वपूर्ण भएको छ । वाइप्यापको कसरी प्रयोग गर्ने भन्ने विषयमा नर्सहरूको क्षमता विस्तार गर्न जरुरी छ ।’
उनले जपे, ‘चिकित्सकको हैन, अब नर्सहरूको क्षमता वद्धि गराउँनु पर्छ । वाइप्यापको प्रयोगमा पनि पिजिसिनको भर पर्न थालियो भने त्यसले थप दुर्घटना निम्त्याउछ । नर्सको पक्षमा निर्देशीका बनाएर उनिहरुले प्रयोग गर्ने वातारण बनाएको खण्डमा मात्रै वाइप्याप प्रयोग प्रभावकारी हुन्छ ।’
डा. अर्याल भन्छन्, ‘संवेदशनशिल क्षेत्रमा २४ घण्टा काम गर्ने नर्सहरू हुन्छन्। डाक्टरहरे भनेको एकछिन सल्लाह दिने मात्रै हो । त्यसैले नर्सहरुलाई अगाडी बढाउनु पर्छ ।’
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस