फरक ढंगले अस्पताल सुधार्न सक्रिय डा. सिके राउत


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य सप्तरी क्षेत्र नम्बर दुईबाट निर्वाचित डा. सिके राउत फरक ढंगले स्वास्थ्य सेवा सुधार्न सक्रिय भएका छन् ।

उनले सप्तरीको राजविराज अस्पतालको सेवा सुधार र जवाफदेहिताको अभियान थालेका छन् । डा. राउतले फरक ढंगले राजविराज अस्पताल सुधार्न लागिपरेका हुन् ।

राजविराज अस्पतालमा उपचार गर्न आउने जनताको गुनासो सुनेर समस्या समाधान गर्न उनी सक्रिय छन् । अस्पतालमाथि जनस्तर र सेवाग्राहीबाट आएका गुनासो सुन्न र आवश्यक कदम चाल्ने डा. राउतले विशेष अभियान सञ्चालन गरेका हुन् ।

उनले अस्पातलबाट उपचार हुन नसक्नुको कारण खोज्दै सेवा उपलब्ध गराउन लागिपरेका छन् । डा. राउतले सुझावपेटीकामा अस्पतालमा उपचार हुन नसक्नुको कारणसहित गुनासो हाल्न अनुरोध गर्दै आफूहरुले सुधारको पहल गर्ने बताए । डा. राउतले आफ्नो निर्वाचन क्षेत्रका रहेका स्वास्थ्य संस्थाको अवस्था सुधार्न र उक्त स्वास्थ्य संस्थाबाट उपचार हुने व्यवस्था मिलाउन पहल थालेका हुन् ।

जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएर अस्पताल र स्वास्थ्य संस्था सुधारको अभियानमा डा. राउत सक्रिय भएका छन् । उनले आएका गुनासाहरूमाथि सुनुवाई गरी आवश्यक कदम तत्काल चाल्ने स्पष्ट पारे ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ