प्रोमेडमा निःशुल्क फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी परीक्षणमा ७० जनाले सेवा लिए


काठमाडौं । सिनामङ्गलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले दुई दिन सम्म गरेको निःशुल्क फोक्सो तथा श्वासप्रश्वास सम्बन्धी परीक्षणमा ७० जनाले सेवा लिएका छन् ।

प्रोमेडले पुष १५ र १६ गते निःशुल्क फोक्सो तथा श्वासप्रश्वास जाँच (पिएफटी) गरेको थियो । पल्मोनोलोजिस्ट डा राजेशकिशोर यादवले दुई दिनको निशुल्क स्वास्थ्य परिक्षणमा ७० जनाले प्रत्यक्ष रुपमा सेवा लिएको बताए ।

प्रोमेडले जनाए अनुसार स्वास्थ्य जाँचमा लायन्स क्लब अफ काठमाडौं र क्रिष्टल ल्याबले सहयोग गरेको थियो । विशेषगरी कोरोना सङ्क्रमण पछि निको भएका व्यक्तिहरूले यसको सेवा लिएका थिए । विभिन्न अनुुसन्धानले कोरोना सङ्क्रमण पछि फोक्सो तथा श्वासप्रश्वासमा कुनै न कुनै समस्या देखिएको देखाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ