जाडोमा स्वस्थ रहन यी खानेकुरामा ध्यान दिऔं


काठमाडौं । धेरै चिसोले हामीहरुलाई तनाव दिने गर्छ। चिसोको असर कम गर्नलाई तात्तातो कुराहरुको आवश्यकता पर्छ। जसमा हामीले खानेकुराहरुको पनि भूमिका रहने गर्दछ ।

जाडो मौसममा तातो सुपदेखि लिएर पराठा भोक मेटाउनुका साथै चिसोलाई कम गर्नपनि मद्धत गर्छ । चिसोबाट बच्न यी खानेकुराहरु ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।

मुलाको पराठा :

जाडोमा तातो पराठा खानको लागि मज्जा आउछ। बिहानको नास्तामा पराठाले भोक शान्त गर्नुका साथै मिठो स्वादपनि दिन्छ। मुलालाई पिसेर हरियो धनियाँ, अदुवा, लसुन र जिरा राखेको मसाला तयारगरी गहुँको पिठोमा राखेर बनाउन सकिन्छ। यसरी पकाएको पराठालाई चट्नी र राइतोको साथमापनि खान सकिन्छ।

तोरीको साग :

मकैको रोटी र तोरीको साग धेरैले मन पराउछन्। चिसोमा तपाईंपनि यसको प्रयोग गर्न सक्नुहुन्छ। तोरीको पातसँगै हरियो पालुङ्‍गो, मेथी मिलाएर साग बनाइ तातो मकैको रोटीसँग खान सकिन्छ।

रोस्टेड टमाटरको सुप :

तातो सुपले भोक बढाउछ। टमाटरलाई चुल्होमा वा ग्यासमा पोलेर यसको सुप तयार गर्न सकिन्छ।

सखरखण्ड वा पिँडालु :

शाकाहारीहरुका लागि आगोमा पोलेको वा पानीमा बफाएको खानेकुराहरु मनपर्छन। जसअन्तर्गत सखरखण्ड, पिडालु, कन्दमुल आदी पर्ने गर्छन्।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ