कान्तिको प्रगति देख्दा बजेट दिउँदिउँ लाग्छ: स्वास्थ्य सचिव डा.पोखरेल

ओसिएमसीमार्फत् ३० जनाले सेवा लिए, अब कान्तिमा एमआरआई सेवा पनि


काठमाडौं । कान्ति बाल अस्पतालले आफ्नो ६१ बसन्त पार गरेको छ । वि.सं. २०१९ साल पौष २२ गते जन्म भएको अस्पतालले विभिन्न आरोह–अवरोह पार गर्दै यहाँ सम्म आइपुगेको छ । कान्तिलाई ६१ वर्ष सम्म डोर्याउन थुप्रै निर्देशक तथा कर्मचारीहरूको हात रहेको छ ।

पाँच शैय्याबाट जन्म भएको यस अस्पतालले हाल ३ सय ३० शैय्याबाट १२ वर्ष सम्मका बालबालिकालाई स्वास्थ्य उपचार सेवा दिएको छ । कान्तिमा सामान्य चिकित्सा सेवादेखि विशेषज्ञ स्तरका विभिन्न रोगको उपचार हुन्छ ।

कान्तिले दिएको सेवा र गरेको विकासलाई स्वास्थ्य तथा जनसङ्ख्या सचिवले खुलेर प्रशंसा गरेका छन् । कान्तिबाल अस्पताल सँधै जसो घाटामा हुने सरकारी संस्था हो । स्वास्थ्य मन्त्रालयले पनि अन्य अस्पताललाई जस्तो मन खुसि बनाएर कान्तिलाई बजेट दिँदैन । तर, शुक्रवार स्वास्थ्य सचिव डा.रोशन पोखरेलले कान्तिले गरेको प्रगति प्रति मुक्तकण्ठले प्रशंसा गरे ।

कान्ति बाल अस्पतालमा जनशिक्तको अभाव हुदा पनि गणस्तरीय सेवा दिएको सचिवको भनाइ छ । ‘सचिव पोखरेलले भने, ‘कान्तिले गरेको प्रगति देख्दा आजकल बजेट दिउँदिउँ जस्तो लाग्छ’ । उनले नर्सिङ जनशक्तिको चाँडै व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जनाए । कान्ति देशको एक मात्रै ठुला सरकारी बाल अस्पताल हो । यहाँ देशभरबाट बालबालिका उपचारका लागि आउँछन् ।

जनशक्तिको अवस्था
अस्पतालका निर्देशक डा. युवानिधि वसौलाका अनुसार कान्ति बाल अस्पतालमा नेपाल सरकारका तर्फ २६४ जना र अस्पताल बिकास समिति तर्फ २९६ गरि जम्मा ५६० कर्मचारीको दरबन्दी भएता पनि नेपाल सरकारको तर्फबाट १८२, अस्पताल बिकास समितिबाट १४५, सरसफाई कर्मचारी ७८ जना, सुरक्षा गार्ड २४ जना, काजमा आएका कार्यरत कर्मचारी ५ जना काजमा गएका कर्मचारी ९ जना र छात्रवृति करारमा कार्यरत २१ जना र मासिक ज्यालादारी ७९ जना गरि जम्मा ५३४ जना कर्मचारीहरु कार्यरत छन् ।

कान्ति बाल अस्पतालले बिस्तारकै क्रममा यस अस्पतालसंग रहेको करिब १०० रोपनी जग्गामा २०७९/०७/१५ गते बाट शहरी विकास तथा भवन निर्माण विभाग बाट डिपिआरको कार्य प्रारम्भ भै १००० बेडको सुबिधा सम्पन्न केन्द्रीय बाल अस्पताल र राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थान बनाउने गुरु योजना रहेको निर्देशक वसौलाले बताए ।

कतिछन् कान्तिमा बेड ?

जम्मा वेड सङ्ख्या : ३३०

आकस्मिक सेवाका लागि : २५

आइसियु : ४६

एचडियु : १७

निम्कु : २०

अवलोकन : ३०

थालासेमिया : ६

शल्यक्रिया कक्ष : ३

एक वर्षमा लिएको सेवा
ओपिडि सेवा : ११६४५३

आकस्मिक सेवाः ४४८९२

भर्ना : ८०६०

स्वास्थ्य बीमा मार्फत सेवा : २५८७

विपन्न नि : शुल्क : ४३३

ओसिएमसी नि : शुल्क : ३०

शल्यक्रिया : २५२६

फिजियोथेरापी : १३५२

०७८/०७९ मा कान्तिले गरेका मुख्य उपलब्धी
· कान्ति बाल अस्पतालले लामो समयदेखि बन्द भएको २० बेडको निम्कु वार्ड मर्मत सम्भार गरी पुन: सञ्चालनमा ल्याएको छ । साथै ५ बेडको नया केएमसी वार्ड संचालन गरेको छ ।

· खानेपानी निर्मलीकरण, ढल–नाल र १ वटा डिप बोरिङ्गको पाईप नया फेरेको छ ।

· Oncology ward मा रमेश गुप्ता मेमोरियल ट्रस्ट र World Child Cancer (WCC) को सहयोगमा ५ बेडको HDU सेवा सञ्चालन गरेको छ ।

· Hydrocele को निःशुल्क शल्यक्रिया सेवा अन्तर्गत ११५ जनालाई निःशुल्क शल्यक्रिया गरेको छ ।

· गरिब तथा विपन्न वर्गलाई नवजात शिशु निःशुल्क उपचार अन्तर्गत २४८ जनालाई उपचार गरेको छ ।

· गरिब तथा विपन्न वर्गलाई मिर्गौला रोग निःशुल्क उपचार अन्तर्गत १३९ उपचार गरेको छ ।

· गरिब तथा विपन्न वर्गलाई क्यान्सर रोग निःशुल्क उपचार अन्तर्गत २९४ जनालाई उपचार गरेको छ ।

· गरिब तथा विपन्न वर्गलाई Thalassemia स्वास्थ्य सेवा निःशुल्क कार्यक्रम अन्तर्गत १९८३ जनालाई सेवा प्रदान गरेको छ ।

· गरिब तथा विपन्न वर्गलाई सामाजिक सेवा एकाई निःशुल्क कार्यक्रम अन्तर्गत ९५८ जनालाई सेवा प्रदान गरेको छ ।

· गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रम अन्तर्गत ७६१ जनालाई सेवा प्रदान गरेको छ ।

समस्या, चुनौती र समाधान
· नया प्रविधिको ज्ञानमा आधारित सेवा प्रवाह गर्न नया प्रविधिको ज्ञान भएको र दक्ष जनशक्तिको आवस्यक रहेको छ । यसरि बदलिदो आधुनिक प्रविधि अनुरूप यस अस्पताल लाई पनि स्तरोन्नति गर्नु हाम्रो चुनौती रहेको छ । बढदो बिरामी चाप तथा सेवा विस्तार अनुसार बिज तथा प्राविधिक जनशक्तिको अभाव रहेको छ त्यसमा पनि नर्सिंग जनशक्तिको अत्यन्त आवस्यकता रहेको छ ।

· नयाँ भौतिक संरचना निर्माणको लागि पुराना संरचना भत्काई नया भवनहरु निर्माण गर्नु पर्ने छ ।

· नया औजार तथा उपकरणहरू व्यवस्था गर्नु पर्ने छ ।

· बिरामीका कुरुवाहरुको लागि छुटै कुरुवा घरको निर्माण गर्नु पर्ने ।

. पोषण गृह निर्माण गर्नु पर्ने ।

· अस्पताल विकास समितिको अन्तरिक आम्दानिले कर्मचारी व्यवस्थापन, अस्पतालको विकाश अस्पताल विकास समितिको निर्माण गर्न अपुग भएको हुदा समयसापेक्ष नेपाल सरकारले थप अनुदान दिनु पर्ने देखिन्छ ।

· चिकित्सक Resident Doctors, नर्सिङ्ग, Nursing students र अन्य कर्मचारीहरुको लागि आवास गृह निर्माण गर्न पर्ने आवस्यक रहेको छ ।

· अस्पतालका सवारी साधनहरू पुराना भएका तथा अपर्याप्त समेत भएकोले नया सवारी साधन खरिद गर्न थप बजेट व्यवस्थापन गर्नु पर्ने ।

अबका योजना
· मानवीय संसाधन तथा व्यवस्थापन गर्ने ।

· कान्ति बाल अस्पतालको डिपिआर कार्य सम्पन्न गर्ने ।

· अस्पतालको फोहोरमैलाको व्यवस्थापन र लन्डरी सेवाको विस्तार गर्ने ।

· मोडुलर ओटीको निर्माण गर्ने ।

· एमआरआई सेवा संचालर्ने ।

· पानी प्रशोधन प्लान्ट स्थापना गर्नु पर्ने ।

. मास्टरप्लान अनुसार १००० बेडको पूर्ण क्षमतामा अति विशिस्टीकृत बाल अस्पताल सञ्चालन गर्ने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ