बीपी प्रतिष्ठानको कर्मचारी युनियनमा काँग्रेसकै तीन धारको भिडन्त : कविता ढकाल विजयी


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा अन्य ६ जना प्रतिस्पर्धीलाई हराउँदै कविता ढकाल विजयी भएकी छन् ।

प्राध्यापक श्याम लम्सालकाे समर्थन पाएकी ढकाल अत्याधिक मतका साथ विजयी भएकी हुन् । यसले बीपीमा श्याम लम्सालकाे प्रभाव अझ बलियाे देखिएको छ ।

प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) ले आधिकारिकता प्रदान गरेपछिको पहिलो निर्वाचनमा ढकालले ६ जना पुरुषहरूलाई हराउदै अध्यक्षमा जित हासिल गरेकी हुन् ।

प्रतिष्ठानको सिनेटले समाजलाई २०७२ सालमा आधिकारिकता दिएको थियो । त्यसपछिको यो पहिलो निर्वाचन हो ।

निर्वाचन प्रमुख प्रकाश श्रेष्ठका अनुसार अध्यक्षमा निवार्चित ढकालले ३६६ मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी किशोर प्रसाद पोखरेलले ३१७ मत पाए भने अध्यक्षका प्रत्यासीहरू महेश्वर राईले १६३ मत, मदनकुमार हलुवाईले १९ मत, भुपध्वज बुढाथाकीले ९८ मत ,  किरण भट्टराईले ११ र सञ्जीव कुमार कर्णले १९५ मत पाएका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा हेमबहादुर बस्नेत ५८८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी पुर्णबहादुर श्रेष्ठले २६८ मत ल्याउदा बालकृष्ण मेहताले २१६, दिलीप कुमार परियारले ६९ मत ल्याएका छन् ।  महिला वरिष्ठ उपाध्यक्षमा धन कुमारी घिसिङ ७०७ मत ल्याई विजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी सीता कुमारी हुमागाईले ४८६ मत पाइन् ।

प्रशासनिक उपाध्यक्षतर्फ श्याम सुन्दर मेहता ३४१ मत पाएर विजयी भएका छन् भने अन्य उम्मेद्वार केदार बहादुर सिंजालीले २९०, सोमनाथ रिजालले २२९ र भरत लाल चौधरीले २८१ मत मत पाएका छन् ।

उपाध्यक्ष नर्सिङतर्फ सफला बुढाथोकी निर्विरोध निर्वाचित भएकी छिन् भने पारामेडिक्स उपाध्यक्षमा उक्त कुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा मुकेश कुमार शाह तथा कोषाध्यक्षमा अजय कुमार शाह ३५५ मत ल्याई बिजयी भएका छन् । सदस्य प्रशासनिक कर्मचारीमा तीन जना, सदस्य नर्सिङमा ३ जना, सदस्य पारामेडिक्स ३ जना त्यस्तै खुल्ला सदस्यतर्फ ६ जना बिजयी भएका छन ।

काँग्रेस समर्थक अध्यक्षका उम्मेद्वार मध्ये सन्जिव कर्णलाई मोरङका सबै गुटका काँग्रेस नेताहरूको समर्थन थियाे । किशोर पोखरेललाई काँग्रेस सुनसरी जिल्ला सभापती केदार भन्डारी,  काँग्रेस प्रदेश नम्बर १ का महामन्त्री उमेश थापा एबम प्रतिष्ठानको कर्मचारी समाजका संस्थापक अध्यक्ष दिनेश राज दाहालको समर्थन रहेकाे थियाे ।

अध्यक्ष कविता ढकाललाई धरान उपमहानगरपालीका मेयर उम्मेद्वारी दिएर पराजित काँग्रेस नेता किशोर राई, क्षे. नं. १ काँग्रेसका क्षेत्रीय अध्यक्ष  सुजेन्द्र गोले तामाङ, कर्मचारी नेता राजन कोइरालाको समर्थन थियो । वामपन्थी समर्थक उम्मेद्वार महेश्वर राईले भने चौथो मत मात्र प्राप्त गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ