यस्तो छ, वैदेशिक भ्रमणको लागि मनोनयन भएका कर्मचारीहरूको विवरण


काठमाडौं । स्वास्थ्य मन्त्रालयले विभिन्न समयमा विदेश भ्रमणमा मनाेनयन गरिएका कर्मचारीकाे विवरण सार्वजनिक गरेकाे छ ।

विवरणमा मन्त्रालयका पदाधिकारी वर्षमा ५० भन्दा धेरै पटक विदेश भ्रमणमा मनाेनयन भएकाे देखिएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू  र मातहतका पदाधिकारीहरू वर्षभर विदेश भ्रमण (कार्यक्रम) का लागि मनाेनयनकाे सुचिमा परेकाहरुकाे नाम सार्वजनिक गरेकाे हाे ।

सार्वजनिक शुचि अनुसार भ्रमणमा कम्तीमा २ देखि ३ जना वा सोभन्दा बढी पदाधिकारी एक सातादेखि १५ दिनसम्मका लागि विदेश यात्रामा जाने गरेकाे देखाएकाे छ ।

विदेश भ्रमणमा सबैभन्दा धेरै थाइल्याण्डको बैङ्कक जाने गरेका छन् भने अमेरिका, अष्ट्रेलिया, भारत, जापान, भुटान, श्रीलङ्का लगायतका मुलुक पनि रहेका छन् ।                     

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ