डि.आर.टी.बी. होस्टलका बिरामीलाई स्वास्थ्य सामग्री हस्तान्तरण


जनकपुरधाम । जनकपुरधाममा रहेको डि.आर.टि.बी होस्टेलका बिरामीहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
विराट नेपाल मेडिकल ट्रष्टले अमेरिकेयर्सको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय, धनुषा अन्तर्गत

डि.आर.टि.बि. होस्टल जनकपुरमा रहेका ६ जना डि.आर. बिरामीलाई जाडो र सङ्क्रमण रोकथाम गर्ने सामग्री सहयोग गरेको हो ।

बि.एन.एम.टी. नेपाल महोत्तरीका जिल्ला कार्याक्रम संयोजक डा.मनोज कुमार साहका अनुसार ६ जना बिरामीहरूलाई ६ थान ठूलो कमलखोलसहित, ६ थान मझौला कमल, ६ थानजाकेट, ६ थान उलेन टोपी, ६ जोडाचपल, ३ थान इलेक्ट्रिक जग, ६ थानझुल र २५ थान हाइजेनिक किट उपलब्ध गराइएको छ ।

उक्त सामग्रीहरू मधेश प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयका निर्देशक डा.राजिव झा, समाजिक विकास मन्त्रालयका राज नरायण साहले  जिल्ला स्वास्थ्य कार्याल धनुषाका टि.बि. फोकल पर्सन रामबाबु यादव,  डि.आर. होस्टलका ईन्चार्ज सोलेन्द्रकुमार साह तथा होस्टलमा भर्ना रहेका बिरामीहरूलाई उक्त सामग्री हस्तास्तरण  गरे ।

निर्देशक डा.झाले बि.एन.एम.टी. नेपालले टि.बि.निदान, उपचार र न्यूनीकरणमा उचस्तरीय काम र सहयोग गर्दै आएको बताए । टि.बि. फोकलपर्सन रामबाबु यादवले बि.एन.एम.टी. नेपाल र नेपाल क्षयरोग निवारण संस्था मोरङ्गलाई यस जाडोमा सहयोग गरी दिएकोमा अभार व्यक्त गरे ।

डि.आर. टिबी रोग लागेका बिरामीबाट सर्ने यो खतरानाक रोग रहेकाले यसका बिरामीलाई दुई वर्षभन्दा बढी समयसम्म छुटै होस्टेलमा राखेर उपचार लगायत खाना र बस्ने व्यवस्था सरकारले गरिरहेको छ ।

मधेश प्रदेशमा एक मात्र होस्टेल जनकपुरधाममा ६ जना यस्ता रोगी राख्ने व्यवस्था रहेकाले थप डि.आर.टि.बीका रोगीहरूका लागि समस्या भईरहेको फोकल पर्सन यादवले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ