नमुना सङ्कलन फार्मेसीमा, पैसाको बार्गेनिङ ल्याबमा
काठमाडौं । देशका विभिन्न स्थानमा खुलेका औषधि पसल अधिकांशले बाहिर ल्याब परीक्षण हुन्छ भनेर सूचना टाँस गरेका छन् । उक्त सूचनाका आधारमा कयौं मानिसहरू नमुना दिन उक्त फार्मेसीमा पुग्ने गरेका छन् । तर, फार्मेसीले आफूलाई ठगिरहेको कुरा जानकारी हुँदैन ।
पछिल्लो समय फार्मेसीले बिरामी उल्लु बनाउँने नमुना त्यही तान्ने र बाहिरको ल्याबमा पठाउने परिपाटी मौलाएको छ । यसले ल्याब र बिरामी दुवैलाई फाइदा पुगेको छैन । बिचको बिचौलियालाई बिना लगानी फाइदा पुगेको छ ।
‘बि’ क्याटगरीको ल्याब चलाउँन मात्रै महिनामा १० लाख रुपैयाँ खर्च हुन्छ । खर्च धान्न नसक्ने अवस्था भएपछि उनिहरू पनि बिचौलियामार्फत् फार्मेसीसँग सहकार्य गर्न बाध्य भएका छन् ।
नियम विपरित फार्मेसीहरूले नमुना सङ्कलन गरेर सरकारलाई हैरान बनाएका छन् । औषधि व्यवस्था विभाग अनुगमन गरेर कारबाहीमा जानेभन्दा पनि कसरी कमिसन पाइन्छ भनेर लागिपरेको त्यहीका कर्मचारीहरू बताउँछन् ।
सरकारी निकायलाई फार्मेसीले नमुना सङ्कलन गरेर नागरिक ठगिरहेको राम्रो जानकारी छ । तर, जानकारी हुँदाहुँदै पनि अनुगमन जान सकेको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा.रुना झा फार्मेसीहरूको अनुगमन गर्न जरुरी भएको बताउँछिन् ।
फार्मेसीहरूले आफै नमुना सङ्कलन गरेर ल्याबहरूसँग बार्गेनिङ गर्दै आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको दाबी रहेको छ । निर्देशक डा. झाका अनुसार नियम विपरित नमुना सङ्कलन गरेर विभिन्न ल्याबहरूमा बार्गेनिङ गरी परीक्षणका लागि पठाउँने गरेका छन् । यिनीहरूको पहिचान गरी कानुनी कारबाही गर्न जरुरी देखिएको छ ।
कसले कतिमा नमुना परीक्षण गर्दिन्छ भनेर फार्मेसी लागेका छन् । थाइराईड परीक्षण गरेको बिरामीसँग ९ सय देखि १२ सयसम्म अशुल्ने र दुईदेखि ३ सय रुपैयाँमा परीक्षण गर्ने ल्याबको खोजीमा लाग्ने गरेको पाइएको छ ।
डा. झा भन्छिन्, ‘सबै फार्मेसीको गोजिमा पैसा गएको छ । त्यसबाट बिरामीलाई केही फाइदा पुगेको छैन । ल्याबहरूको बिचमा पनि अस्वस्थ प्रतिस्पर्धा देखिएको छ ।’
नियम अनुसार इ ग्रेडको ल्याबले नमुना सङ्कलन गर्न पाइदैन । फार्मेसीहरू इ ग्रेडका हुन् । उनिहरूले आफूले के सेवा दिने दिन पाउँने तर, नमुना अन्त पठाउँन नपाउने व्यवस्था छ । यस्ता सरकारी नियमलाई फार्मेसीका बिचौलियाले टोपी लगाइ दिएका छन् ।
एक ल्याब सञ्चालकका अनुसार नमुना सङ्कलन गरेर ल्याउने फार्मेसीलाई ५० देखि ७० प्रतिशत कमिसन दिनु परेको छ । नाम उल्लेख नगर्ने सर्तमा ती व्यक्तिले भने ७० प्रतिशतसम्म कमिसन दिन्छुभन्दा पनि फार्मेसीहरू नमुना बोकेर अझै सस्तो ल्याव खोज्दै हिँडिरहेका छन् ।
यसरी भएको परिक्षणले गुणस्तरीय सेवा सम्भावना रहँदैन । अस्पतालका ल्यावहरुले समेत नमुना पठाएको अवस्थामा स्वयं अस्पताललाई ६५ प्रतिशत कमिसन दिने गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस