उपत्यकाका अस्पताललाई तयारी हालतमा बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका अस्पताललाई तयारी हालतमा बस्न स्वास्थ्य मन्त्रालयको निर्देशन दिएको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाण्डाै उपत्यकाका ठूला अस्पताललाई तयारी हालतमा बस्न निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौं उपत्यकाका हब अस्पतालमा तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ ।
यती एयरलाइन्सको विमान दुर्घटनामा परेका मृतकको फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि उपत्यकाका अस्पताललाई ‘अलर्ट’ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग समेत स्वास्थ्य मन्त्रालयले निरन्तर समन्वय गरिरहेको छ । ‘प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा एक प्रतिनिधि दुर्घटनास्थलमा आवश्यक समन्वयका लागि खटाइएको छ’ डा. अधिकारीले भने, विमान दुर्घटनामा परेकाहरुको उपचारक साथै शव व्यवस्थापनका लागि हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरिएको छ ।’, सेती नदीको खोंचमा यती एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरुको उद्धार तथा खोजी कार्य आज पनि जारी छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस