घाँटीमा स्टेस्थेस्कोप भिरेर पदभार ग्रहण गरेपछि स्वास्थ्य राज्यमन्त्रीको आलोचना


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले पदभार सम्हाल्ने क्रममा घाँटीमा स्टेस्थेस्कोप लगाएर प्रस्तुत भएपछि स्वास्थ्य क्षेत्रमा उनको आलोचना सुरु भएको छ ।

बिरामीको उपचार गर्न क्लिनिकमा बसेको जस्तो गरि उपस्थित भएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरूले त्यसको चर्काे आलोचना गरेका छन् । एकाथरीले उनको शैली सस्तो लोकप्रियताका लागि भएको अनुमान गरेका छन् भने अर्का थरिले अपरिपक्कको सँज्ञा दिएका छन् ।

हुन पनि अपाच्य रुपमा प्रस्तुत भएको उक्त शैली आफैमा असहज जस्तो थियो । घाँटीमा स्टेस्थेस्कोप बेरेर सभाहलमा उपस्थित हुँदा उनलाई सबै जसोले मुखामुख गरेर खिसिट्युरी गरेका थिए ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यो आफैमा स्वास्थ्य मन्त्रालय हो । राज्यमन्त्री जिले यसरी उपस्थित हुनु सुहाउने कुरा हैन । राम्रो सस्कार नभएको उनिहरूको तर्क छ ।’

डा.कार्की भन्दा धेरै सिनियर चिकित्सकहरू पनि मन्त्री भएर स्वास्थ्यमा आएका छन् । तर, उनिहरू चिकित्सक समेत हैननकी जस्तो गरी प्रवेश गरेर बाहिरिएका थिए ।

स्टेस्थेस्कोप एउटा चिकित्सकीय यन्त्र हो । यसको आविष्कार सन् १८१६ मा फ्रान्सका आर.टी.ए. लैनिक नामक वैज्ञानिकले गरेका हुन् ।

यो यन्त्र चिकित्सकले घाँटीमा बेरेर हिँडिरहेका हुन्छन् । स्टेथेस्कोपको मद्दतबाट चिकित्सकले बिरामीको मुटुको धड्कन, श्वासनली तथा फोक्सोमा हुने श्वासप्रश्वास प्रक्रिया र पेटभित्रका पाचनक्रियाको अवस्था थाहा पाउने गर्छन् । तर, मन्त्री हुँदा स्टेस्थेस्कोप घाटीमा भिरेर हिँडेको यो नेपालमा पहिलो घटना हो ।

पदभार ग्रहण गर्दै राज्यमन्त्री डा.कार्कीले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनतामा पुर्याउने बाचा गरिन् । उनले आफ्नो पहिलो निर्णयका रुपमा राष्ट्रिय आँखा स्वास्थ्य रणनीति २०७९–२०८६ पास गरेकी छन् । यसमा उनलाई मन्त्रालयले थाङ्नामै सुताएको धेरैको बुझाइ छ ।

रणनीति पढ्दै नपढी पास गरेका कारण आफ्नो योजना यसमा समावेश गराउँन नसकेको भन्दै केही स्वास्थ्यकर्मीहरूले मन दुखेको स्टाटसहरू  लेखेर पोष्ट गरेका छन् । तर, राज्यमन्त्री डा. कार्कीले उक्त रणनीतिले अब दुर्गमका जनता आँखाको उपचार गर्न काठमाडौंको तिलगँगा आँखा अस्पताल आउँनु पर्ने बाध्यता हटेको बताईन् ।

यता स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले देशैभरका सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गिरीले सबै स्वास्थ्य संस्थामा जनशक्ति, उपकरणको अपर्याप्तता पहिचान गरी न्यूनतम सेवा मापदण्ड लागू गर्ने निर्णय गरेका छन् ।

उनले मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्तर्गत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ