राष्ट्रपतिमा डा. सन्दुक रुइतको नाम चर्चा


काठमाडौं । नेपालमा राष्ट्रपति दलको कोटाबाट छान्दा संस्था नै विवादमा आउने गरेको छ । त्यसैले पछिल्लो समय राष्ट्रपतिमा सबैले स्वीकार्य गर्न सक्ने प्रतिष्ठित व्यक्तिलाई लानु पर्छ भन्ने आवाज समेत उठ्न थालेको छ ।

कांग्रेसबाट राष्ट्रपति बनेका डा. रामवरण यादवदेखि एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको भूमिकालाई हेर्दा राष्ट्रपति दलको कोटाबाट बनाउन नहुने रहेछ भन्ने धेरैले महसुश गरेका छन् । अहिले राष्ट्रपतिमा राजनीतिमा सक्रिय व्यक्तिभन्दा सामाजिक व्यक्तिलाई बनाउनु पर्ने कुरा आउन थालेको छ ।

अहिले राष्ट्रपतिका लागि सबैभन्दा चर्चामा रहेका व्यक्ति हुन् वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत । बहराइन सरकारले करिब १३ करोड बराबरको इशा अवार्डद्वारा सम्मानित हुने लागेमा डा. रुइत राष्ट्रपतिको चर्चामा रहेका छन् ।

वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले समेत डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउनुपर्ने धारणा राखेका छन् । डा. रुइतलाई राष्ट्रपति बनाईए देशको प्रतिष्ठा पनि बढ्ने उनको भनाइ छ । ‘मनमा कुरा घुमी रहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र बिषेशज्ञ डा शन्नदुक रुइत लाई बनाउन पाए नेपालकोनै प्रतिष्ठा बढ्ला।’, आचार्यले लेखेका छन् ।

आचार्यले जस्तै धेरैले डा. रुइतलाई राष्ट्रपतिका लागि उपयुक्त पात्रका रूपमा लिएका छन् । डा. रुइतलाई राष्ट्रपति बनाए देशको शान र मान नै बढ्ने अधिकांशको टिप्पणी रहेको छ ।

आँखामा उज्यालो छर्न सफल डा. रुइत राष्ट्रपति संस्थाको गरिमामा उज्यालो थप्न सक्नेमा धेरैले विश्वास लिएका छन् । अन्तर्राष्ट्रिय रुपमै कहलिएका डा. रुइत राष्ट्रपतिका लागि चर्चामा रहनुले उक्त संस्थामाथि पनि न्याय हुने देखिन्छ । राजनीतिक दलहरुले राष्ट्रपतिमा साझा व्यक्ति खोज्दा सबैभन्दा उपयुक्त पात्र डा. रुइत देखिन्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ