नेपाल चिकित्सक सङ्घको निर्वाचन उपत्यका बाहिर आजदेखि सुरु
काठमाडौं । नेपाल चिकित्सकको निर्वाचन अन्तर्गत उपत्यका बाहिर आजदेखि मतदान सुरु भएको छ।
सङ्घका अनुसार आज र भोलि उपत्यका बाहिर १६ वटा शाखामा निर्वाचन हुँदैछ। १६ वटा शाखाहरूमा बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ४ बजेसम्म चल्ने छ।
निर्वाचन कार्यक्रममा सहभागिता जनाउनका लागि आफूलाई पायक पर्ने जुनसुकै मतदान केन्द्रबाट मतदान गर्न सकिने छ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।
निर्वाचनमा डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा.शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।
सङ्घले उपत्यका बाहिर भइरहेको निर्वाचनका लागि १६ वटा मतदान केन्द्र तोकेको छ ।
काठमाडौँ उपत्यकामा भने आगामी माघ १९, २० र २१ गरी तीन दिन निर्वाचन हुनेछ ।
कहाँ कहाँ हुँदैछ मतदान ?
१) नेपाल चिकित्सक सङ्घ, मेची शाखाको मतदान केन्द्रः
सञ्जीवनी मुटु अस्पताल बिर्तामोडमा माघ ६ गते,
लाइफलाइन अस्पताल दमकमा माघ ७ गते ।
२) नेपाल चिकित्सक सङ्घ, कोशी शाखाको मतदान केन्द्र,
विराटनगर ।
३) नेपाल चिकित्सक सङ्घ धरान शाखाको मतदान केन्द्र बिपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ।
४) नेपाल चिकित्सक सङ्घ, सगरमाथा शाखाको मतदान केन्द्र
गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराज ।
५) नेपाल चिकित्सक सङ्घ, लहान शाखाको मतदान केन्द्र
सप्तऋषि अस्पताल लहान ।
६) नेपाल चिकित्सक सङ्घ, जनकपुर शाखाको मतदान केन्द,
जनकपुर प्रादेशिक अस्पताल, धनुषा ।
७) नेपाल चिकित्सक सङ्घ, नारायणी शाखाको मतदान केन्द्र
नेपाल चिकित्सक सङ्घ, वीरगञ्जको सभाहल ।
८) नेपाल चिकित्सक सङ्घ, चितवन शाखाको मतदान केन्द्र
भरतपुर अस्पतालको तालिम हल।
९) नेपाल चिकित्सक सङ्घ, गण्डकी शाखाको मतदान केन्द्र
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्वास्थ्य विज्ञान
प्रतिष्ठान (अस्पतालको सभाकक्ष) कास्की, पोखरा ।
१०) नेपाल चिकित्सक सङ्घ, लुम्बिनी शाखाको मतदान केन्द्र
नेपाल चिकित्सक सङ्घ लुम्बिनी अन्चल शाखा भवन बुटवल ।
११) नेपाल चिकित्सक सङ्घ, भेरी शाखाको मतदान केन्द्र
नेपाल चिकित्सक सङ्घ, भेरी शाखा ।
१२) नेपाल चिकित्सक सङ्घ, सेती शाखाको मतदान केन्द्र सेती
प्रादेशिक अस्पताल, धनगढी ।
१३) नेपाल चिकित्सक सङ्घ, सुर्खेत शाखाको मतदान केन्द्र
सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत।
१४) नेपाल चिकित्सक सङ्घ, दाङ शाखाको मतदान केन्द्र
राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर दाङ प्रशासनिक कक्ष ।
१५) नेपाल चिकित्सक सङ्घ, जुम्ला शाखाको मतदान केन्द्रः
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाकक्ष जुम्ला ।
१६) नेपाल चिकित्सक सङ्घ पाल्पा शाखाको केन्द्रः लुम्बिनी
मेडिकल कलेज पाल्पा ।
तपाईको प्रतिक्रिया दिनुहोस