वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पताल पुगे स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथम जनसंख्या मन्त्री पदम गिरी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न सुमेरू अस्पताल पुगेका छन् ।
मन्त्री गिरी राष्ट्रिय सभा अध्यक्ष्य गणेस तिमल्सिना सहित ललितपुरस्थित सुमेरु अस्पताल पुगेर पूर्वअर्थमन्त्रीसमेत रहेका पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । उनलाई पुरानै समस्या देखिएको छ । उनी जन्डिस रोगबाट पीडित छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस