उपप्रधानमन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवंम उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन् ।
उर्जा, जलस्रोत र सिंचाइ मन्त्री समेत रहेका उनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले शंखमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएर ८३ औं पटक रक्तदान गरेका हुन् । त्यस अवसरमा लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरे ।
मन्त्री लिङ्देनले आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिड्दा हिड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कैयौंपटक रक्तदान गरेको स्मरण गरे ।
युवा संगठनका संयोजक राजेश भट्टराईले १०० भन्दा बढी रक्तदाताले रक्तदान गरेको जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस