स्वास्थ्य मन्त्रालयकाे नीति याेजना शाखा प्रमुख फेरिए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नीति याेजना शाखा प्रमुख परिवर्तन भएका छन् ।

उप सचिव प्रकाश अधिकारीकाे स्थानमा उप सचिव लिला पाैडेल आएका छन् । तर, औपचारिक जिम्मेवारी भने पाैडेलले पाएका छैनन् । यश अगाडि पनि पटक पटक उक्त शाखामा पाैडेल बसेका छन् । नीति याेजनाकाे राम्रोसँग जानकारी भएका पात्रभित्र पाैडेल पर्छन् ।

प्रकाश अधिकारी आफैले सरुवा मागेर उक्त स्थानमा मन्त्रीलाई मार्ग प्रसस्त गरिदिएका हुन् । अधिकारीकाे श्रम तथा राेजगार मन्त्रालयमा सरुवा भएकाे छ । श्रम मन्त्रीकाे निजि सचिवका रुपमा उनकाे सरुवा भएकाे हाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ