स्वास्थ्यमन्त्री सचिव द्वारा दादुरा खाेपकाे अवलोकन
बाँके । नेपालगन्ज उपमहानगरपालिकामा फैलिएको दादुरा महामारी नियन्त्रण गर्न खाेप अभियान सुरु भएकाे छ ।
६ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई खाेप लगाउन सुरु गरिएको छ ।
खाेप अभियानको अनुगमन तथा मुल्यांकन गर्न स्वास्थ्यमन्त्री पदम गिरी, सचिव डा राेशन पाेखरेल, नीति याेजना प्रमुख डा कृष्णप्रसाद पाैडेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह लगायतकाे उच्चस्तरीय टाली बाँकेमा छ ।
टाेलीले प्रभावित क्षेत्रमा पुगि त्यहाँका स्वास्थ्यकर्मी, सरकारी अधिकारी र आम नागरिकसँग छलफल र परामर्श गरेका छन् । स्वास्थ्यमा नयाँ केही परिवर्तन गराैं भन्ने युवा मन्त्री पदम गिरी र साेही अभियानलाई सार्थक बनाउँन लागेका सचिव डा राेशन पाेखरेल फिल्डमै खटिएकाेमा स्वास्थ्यकर्मीहरुमा हाैसला बढेकाे छ । उनिहरु विभिन्न स्वास्थ्य सस्थामा पुगेका छन् ।
बाँके सहित सुर्खेतमा समेत दादुराका बिरामी फेला परेपछि सरकारले सातै प्रदेशमा छलफल गर्ने भएकाे छ ।
१ जनाकाे मृत्यु र २४६ बालबालिका बिरामी हुनेगरी फैलिएको दादुरा नियन्त्रण बाहिर गएपछि सरकारी अधिकारीहरु बाँके पुगेका हुन् । १८४ जना निकाे भइसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा पौष १२ बाट देखिएको दादुराको प्रकोपलाई रोक्न पौष २२ गतेबाट ६ महिना देखि १५ बर्ष मुनिका ४२,९७८ बालबालिकाहरुलाई दादुरा बिरुद्दको खोप अभियान शुरु गरिएको हाे।
खाेप अभियान अन्तर्गत माघ ५ गते सम्ममा ४३, २४६ जना (१००.६२%) लाई खोप प्रदान गरि रोगको स्वास्थ मन्त्रालयले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस