सुर्खेतमा भएको सवारी दुर्घटनामा परी दैलेखका ३ जना स्वास्थ्यकर्मीको मृत्यु


काठमाडौं । स्वास्थ्यकर्मी सवार गाडी सुर्खेतमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे २ बजे रत्न राजमार्ग छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना हुँदा दैलेखको विभिन्न गाउँपालिकामा कार्यरत ३ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एकजना स्वास्थ्यकर्मी घाइते भएका छन् ।

दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक (छैठौं) दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक (छैठौं)  बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक (छैठौं) राजेन्द्र बि.सीको मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा घाइते भएका भैरवी गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक (छैठौं)  वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

गाडी सडकबाट ७०/८० मिटर तल खसेको थियो । गाडीमा पाँच जना सावार थिए । जसमा एकजना चालक सागर शाहीको पनि मृत्यु भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ